सफल जीवनका लागि सधगुरुका महत्वपूर्ण ५ सुझावहरु

नारीकोसिस डटकम । भारतीय आध्यात्मिक गुरु तथा लेखक जग्गी वासुदेव सधगुरुले दिएका सफल जीवनका लागि ५ सुझावहरु यहाँ साभार गरेका छौ ।
१. जीवनमा केहि कुरालाइ मार्छु भन्ने सोंच । मार्ने कुनै प्राणीलाई होइन । तिमी भित्रको कुनै कुरालाई मार, जसको तिम्रो जिन्दगीमा आवश्यकतानै छैन । जस्तो सोच कि, “म मेरो रिसलाई मार्छु” ।
२. एकै ठाउमा जरा गाडेर नबस । केहि न केहि परिवर्तन ल्याइराख ।कम्तिमा महिनाको एक पटक निर्णय गर कि, “म यो कुरा अब परिवर्तन गर्छु” । यसमा तिम्रो काम हुनसक्छ , प्राथना गर्ने बानी हुनसक्छ, पानी बचत गर्ने प्रण हुनसक्छ, कुनै पनि सकारात्मक कुरा जसले तिम्रो जीवनमा परिवर्तन ल्याओस् ।
३. मान्छे अजम्बरी हुदैन भन्ने कुरालाई दिमागमा राख । समयले तिमीलाई पर्खदैन । तिमीले अझ धेरै गर्न बाकी छ भनेर मृत्युले कुरेर बस्दैन । त्यसैले आजै रमाऊ । जे गर्नु छ, आजनै सुरु गरिहाल । हरेक पललाई बिशेष बनाऊ ।
४. रिस, घृणा, इर्ष्यालाइ पर राख । रिस, घृणा, इर्ष्यालाइ पर राख्नु भनेको तिमीले अरुमाथी उपकार गर्नु वा अरुको भलो गर्नु होइन । यसो गर्नु भनेको तिमीले आफ्नो भलो गर्नु हो । जब रिस, घृणा, इर्ष्यालाइ पर राखेर बाच्छौ तब शान्ती र खुसी भेट्छौ ।
५. तिमी पहिले त्यो बच्चा जस्तै खुसी र निस्फिक्री थियौ । तर जब बढ्दै गयौ र भौतिक कुराहरुप्रति आकर्षित हुदै गयौ, तिम्रो सन्तुष्टि, खुसी, स्वतन्त्रता पनि घट्दै गयो । तिमी संग के छ होइन । तिमीभित्र के छ भन्ने कुरालाई महत्व देउ । तबमात्र तिमीले खुसी भेट्न सक्छौ ।
तपाईको प्रतिक्रिया