
नारीकोसिस डटकम/भदौ २६, काठमाडौं । कुनै पनि व्यक्ति मानसिक या अन्य शारीरिक वा मनोसमस्याका कारण आत्महत्याको बाटो रोज्न खोज्छन्। आत्महत्याको सोच आउने बेला उनीहरुमा जीवन बेकार छ, अब बाँच्नुको कुनै आधार छैन भन्ने जस्ता सोचमा मनमा घरिघरि आउँछ।
यस्तो सोच रोक्नका लागि मनोसामाजिक चिकित्सकको आवश्यकता पर्छ। जीवनको कुनै क्षण यस्ता नकरात्मक सोच आयो भने तपाईले सिधै यो नम्बरमा फोन गर्न सक्नुहुन्छ। जहाँ तपाईको समस्याको समाधान दिने विशेषज्ञ तथा विज्ञहरु २४ सै घण्टा उपलब्ध हुनेछन्।
मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथाम केन्द्रले मंगलबारदेखि हेल्पलाइन सेवा सार्वजनिक गरेको हो। केन्द्रले विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सो हेल्पलाइन सेवा सुरु गरिएको हो। निरासा वा आत्महत्याको कुनै सोच आएका व्यक्तिले केन्द्रले उपलब्ध गराएको नम्वर १६६००१२२२२३ मा फोन गर्न सक्नेछन्।
यो नम्बरमा फोन गरेबापत कुनै पनि शुल्क लाग्दैन। हालको लागि यो सेवा नेपाल टेलिकमको नम्बर प्रयोगकर्ताको लागि मात्र उपलब्ध छ र निकट भविष्यमै एनसेल प्रयोगकर्ताको लागि पनि फोन गर्न मिल्ने सुविधा हुनेछ। आत्महत्या रोकथामकै लागि भनेर सञ्चालन गरिएको यो हेल्पलाइन सेवा नेपालमा पहिलो हो।(नागरिक न्यूजबाट साभार)













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु