
नारी कोसिस डटकम/अमलाले शरिरलाई फाइदा पुर्याउछ । विशेषगरी कपाललाई आवश्यक पर्ने भिटामिन र मिनरल्सको निकै राम्रो स्रोत हो । पाँच हजार वर्ष अघिदेखि संसारको विभिन्न देशमा यसको सेवन गरिँदै आएको छ । यो एक गुणकारी फल हो जसले शरिरमा फाइदै फाइदा पुर्याउँछ ।
१. भिटामिन सीको राम्रो स्रोतः
रुघा खोकीको समस्या भगाउनुका साथै मुटु रोग र क्यान्सरमा समेत फाइदा पुर्याउँछ । भिटामिन सीको प्रचुर मात्रा भएका कारण यसले गिजाबाट रगत बग्ने समस्यामा राहत प्रदान गर्छ ।
२. कोलेस्ट्रोल घटाउँछः
अमलाले ब्याड कोलेस्ट्रोल हटाउन सहयोग गर्छ जसका कारण मुटु स्वस्थ रहन्छ । स्वस्थ्य डाइट चार्ट अपनाउने बारे सोच्दै हुनुहुन्छ भने आफ्नो खानामा अमला समावेश गर्नु नछुटाउनुहोस् ।
३. पाचन क्रिया बलियो राख्छः
अमलाको तितो र अमिलो स्वादले पाचन इन्जाइमलाई एक्टिभ बनाउँछ । यसमा अत्यधिक फाइबर पाइने भएकाले पाचनमा समस्या भएकाहरुका लागि यो वरदान साबित हुनसक्छ । यसले ग्यास्ट्रोइन्टेस्टाइनल ट्र्याक्ट पनि सफा गर्न सहयोग गर्छ ।
४. कपालको केयरः
हेयर केयरमा अमलालाई छुटाउनै हुँदैन । अमलाले कपाललाई स्वस्थ, बाक्लो, लामो र चम्किलो राख्छ भन्ने मान्यता छ ।
५. एन्टि–अक्सिडेन्ट पावरः
अमलामा विभिन्न पोलिफेनोल्स छ जसले शरिरको विषाक्त बाहिर निकाल्न मद्दत गर्छ ।
६. प्रतिरोधी क्षमता वृद्धि गर्छः
अमलाले विभिन्न रोगसँग लड्ने सहयोग पुर्याउनुका साथै यसले तपाईंलाई भविष्यका लागि पनि तयार राख्छ । यसले तपाईंको प्रतिरोधी क्षमता वृद्धि गर्छ भने हत्तपत्त रुघाखोकी लाग्न दिँदैन ।
७. स्वस्थ छालाः
कलेजोमा खराबी भएपछि छालामा समस्या देखिन्छ । यो उत्कृष्ट एन्टिअक्सिडेन्ट भएकाले कलेजोमा भएको विकृत वस्तुलाई बाहिर निकाल्न सहयोग गर्छ । जसका कारण तपाईंको छाला स्वस्थ हुन्छ ।
८. डाइटिङ गर्दाः
अमलामा फ्याटको मात्रा अत्यधिक कम हुन्छ त्यसकारण तौल कम गर्न चाहनेका लागि यो निकै राम्रो मानिन्छ । यसले मेटाबोलिजम वृद्धि गर्छ जसका कारण शरिरमा जम्मा भएका फ्याटलाई घटनाउन सहज हुन्छ ।
९. पौष्टिक रुपमा समृद्धः
कम क्यालोरी हुँदा पनि अमलामा भरपुर मात्रामा पौष्टिक तत्व पाइन्छ । सय ग्राम अमलामा ६० क्यालोरी हुन्छ । यो भिटामिन र मिनरल्सको राम्रो स्रोत हो । यसमा कार्बोहाइड्रेट र डायटरी फाइबर पनि भरपुर मात्रामा पाइन्छ ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो