
नारीकोसिस डटकम । हरियो सागहरुमध्ये पालुंगोसाग एक हो । यो साग स्वास्थ्यको लागि सबैभन्दा तागतिलो मानिन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन ए, के, सी, म्याग्नेसियम, आइरन र म्यागनिज हुन्छ । साथै यसमा क्यालोरी, प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, फाइबर र खनिज पनि पाइन्छ ।
पालुंगोले हाम्रो रोग प्रतिरोधक प्रणालीलाई बलियो बनाउँछ । यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ ।
यसमा पाइने क्याल्सियम बढ्दा बालबालिका, बूढापाका, गर्भवती र स्तनपान गराउने आमाहरूका लागि निकै लाभदायक मानिन्छ । पालुंगो खानाले स्तनपान गराउने आमामा दूधको उत्पादनसमेत बढ्छ ।
यसमा क्यालोरी र फ्याट धेरै कम हुन्छ भने फाइबर (रेसा) चाहिँ धेरै मात्रामा हुन्छ । यसैले तौल कम गर्न पालुंगो खानु उचित मानिन्छ ।
सामान्यतया यसको नियमित सेवनले निम्नासार फाइदा गर्दछः
–रक्तचापलाई ठाउँमा राख्न
–आँखाको ज्योति बढाउन
–रक्तअल्पता हुन नदिन
–गर्भवती महिलामा फोलिक एसिडको कमी हुन नदिन
–रोगप्रतिरोधी प्रणाली बलियो बनाउन
–हाड दरिलो पार्न
–पाचनतन्त्र बलियो बनाउन
–कपाल झर्न नदिन
–छाला चम्काउन
–डन्डिफोर, कालो पोतो हटाउन
–शारीरिक तौल घटाउन













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु