
नारीकोसिस डटकम । पर्याप्त मात्रामा निद्राको कमी, कामको चाप र अत्यधिक तनावका कारण आँखामा डार्क सर्कल (कालो घेरा) देखापर्छ । केही खानेकुराको सेवनबाट डार्क सर्कलबाट बच्न सकिन्छ । खासगरी, भिटामिनको कमीले आँखावरिपरि डार्क सर्कल देखापर्ने गर्छ ।
भिटामिन ‘ए’युक्त खानेकुरा जस्तै– फर्सी, पाकेको मेवा, गाँजर, आँप, हरियो सागपात आदि खानुपर्छ । जसले छालाको रिपेयरिङ र टाइटानिङमा मद्दत गर्छ ।
भिटामिन ‘सी’ले दिमागमा सेराटोनिन नामक रसायन उत्पादन गर्दछ । जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ । अनि, डार्क सर्कल बिस्तारै हट्दै जान्छ ।
अंगुर, ब्लुबेरी, बन्दाकोबी, केराउ आदि जस्ता भिटामिन ‘के’युक्त खानेकुराको सेवनले डार्क सर्कल कम गर्छ ।
आँखावरिपरि काँचो आलुको टुक्राले मसाज गर्दा कालो घेरा कम हुँदै जान्छ ।
कागती र टमाटरको प्याक बनाएर लगाउँदा डार्क सर्कल हटेर जान्छ । जसलाई १० देखि १५ मिनेटसम्म लगाएर त्यसपछि धुन सकिन्छ ।
सुत्नुअघि मनतातो पानीमा बेकिङ सोडा लगाएर धुने गर्नाले पनि डार्क सर्कल क्रमशः हराएर जान्छ ।
भिटामिन ‘ई’ क्याप्सुल र बदामको तेल मिलाएर लगाएमा समेत डार्क सर्कलबाट राहत पाउन सकिन्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु