
नारीकोसिस डटकम/निर्मला सापकोटा सन्जेल/कात्तिक ५, काठमाडौं । फूल आफैँमा सुन्दर हुन्छ । यसको महत्व सँधै उत्तिकै हुन्छ । अझ विशेष गरेर तिहारमा घरघरको झ्याल ढोकाहरु अनि भाईटिकामा दाजुभाइलाई लगाइदिने भएकाले सयपत्री र मखमली फूलको विशेष महत्व हुन्छ । त्यसैले तिहार फूलैफूलको पर्वको रुपमा पनि मानिन्छ। हिन्दु नेपालीहरुको दोस्रो ठूलो पर्वको रुपमा रहेको तिहार आउन केहि दिन मात्र बाँकी छ ।
वर्षेनी पर्व एवं उत्सवका क्रममा प्रयोग हुने सयपत्री फूलको लागि सधैं भारतको भर पर्नुपर्छ। तिहारमा मखली फूलको तुलनामा सयपत्री फूलको बढी खपत हुन्छ । त्यसैले नेपालको उत्पादनले मात्र उपभोक्ताको माग पूरागर्न नसक्ने भएकाले यस वर्ष पनि तिहारमा सयपत्री फुलमाला भारतबाट नेपाल आयत हुदैछ ।
गत वर्षको तथ्याङ्क अनुसार यस वर्षको तिहारमा करिव २५ लाख फूलमाला खपत हुँदैछ । जसमध्ये ७ लाख मखमली र १८ लाख सयपत्री फूल खपत हुने अनुमान गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसाजु श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मखमली फूल नेपालको उत्पादनले पूर्ति हुन्छ भने र साढे पन्ध लाख सयपत्री नेपालकै उत्पादन हुन्छ तर भने करिव साढे दुईलाख अपुग हुनेभएकाले भारतवबाट आयत हुँदैछ ।
तिहारलाई लक्षित गरी फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले आयोजना गरेको “गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७६” मेला सोमवार मात्र सम्पन्न भएको छ ।
शुक्रवारदेखि ललितपुरको जावलाखेल मैदानमा शुरु भएको १३ औं पुष्प मेलाबाट करिव ५० लाख बरावरको कारोवार भएको छ ।
आयोजकले ३५ हजार दर्शकले अवलोकन गर्ने र ५० लाख बराबरको कारोबार गर्ने लक्ष्य लिएको थियो र सो लक्ष्य पुरा भएको अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष श्रेष्ठका अनुसार पुष्प व्यवसायको प्रवद्र्धन र विस्तारको लागि आयोजना गरिएको र व्यवसायहरुले उत्पादन गरेको उत्पादित बस्तुहरु उपभोक्ता विच परिचित गराउनुका साथै व्यवसायहरु विच प्रतिस्पर्धा गर्न सो मेला आयोजना गरिको हो ।
साथै नजिकिदै गरेको तिहारमा खपत हुनेफुलमालाको लागि उपभोक्ताहरु भौतारिनु नपारोस् भन्नाका लागि र एकैपटक धेरै नर्सरीहरु भिजिट गर्ने अवसरको लागि सो मेला आयोजना गरिएको उहाँको भनाई थियोे ।
यसवर्षको मेलामा विभिन्न मुलुकबाट माउबोटका रुपमा आयात गरी उत्पादन विस्तार गरिएका करिब १६ नयाँ प्रजातिका गोदावरी फूलसमेत प्रदर्शनीमा राखिएको थियो ।
तिहारको समयमा बजारमा सयपत्री र मखमली फूलहरुको माग बढ्ने भएकाले सम्बन्धित निकायले व्यवसायीक फुलखेती गरेका किसानहरुले गरेका व्यवसायको उच्च मुल्याङ्कन गर्दै उनीहरुलाई प्राविधिक ज्ञान, सिप र तालीमको व्यवस्था गर्ने हो भने नेपाल फुलमा आत्मनिर्भर हुने सम्भावना देखिन्छ।
(भिडियो)













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु