
नारीकोसिस डटकम/भदौ १६, नुवाकोट । नुवाकोट जिल्लाको तादी गाउँपालिकामा शनिवार राति परेको अविरल बर्षाका कारण वडा नं २ र ३ कोषकाढे स्थित रहेको खहरे खोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ । सो क्षति पुगेको स्थानहरुमा पूर्वमन्त्री एंवम प्रतिनिधि सभा सदस्य हित बाहदुर तामाङ, प्रदेश नं. ३ का उपसभामुख राधिका तामाङ प्रदेश सभा सांसद बद्री मैनाली लगायत टोलीले स्थलगत निरीक्षण गर्नुभएको हो ।
सो निरीक्षण टोलीमा गाउँ पालिका अध्यक्ष नारायण प्रसाद पाण्डे, प्रशासकिय अधिकृत वडा अध्यक्ष लगायत सि.डि ओ. एस.पि.को उपस्थिति रहेको थियो ।
स्थलगत निरीक्षण गर्दै टोलीले तीनै तहका सरकार मिलेर पीडितलाई राहत र बस्ती बचाउन तटबन्ध बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
राति आएको बाढिले २ वटा घर पूर्णरुपमा क्षति भएको र दर्जनौ पशु चौपाय बेपत्ता भएको थियो भने सयौं रोपनी जमिन वगाएको थियो ।
क्षति हुनेमा ऐ. ऐ. बस्ने श्याम बहादुर थापाको गोठ पुर्ण रुपमा बगाएको, घरमा आंशिक क्षति, सोमनाथ सापकोटाको धान कुट्ने मिल, गोठ र एउटा गाई बगाएको, हरि थापा, कृष्ण थापा, बासु थापा, शिशिर उप्रेती,शिब दाहाल,कुमार शिबभक्ति, गोबिन्दलाल पण्डित,कृष्ण प्रसाद लामिछाने, सुराम तामाङ, मछिन्द्र तामाङ, सुमन थापाको खेत बगाएको थियो ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु