
तिहारको पहिलो दिन कागको पूजा गरेपछि दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मी पूजा, चौथो दिन अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवर्धनपूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष र म्हः पूजा एवं तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका सम्पन्न गरी तिहार हामीबाट बिदा हुन्छ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मको पाँच दिनको पनि आफ्नै प्रकारको आख्यान छन् । मृत्युका अधिपति यमराज आफ्ना दैनिक काम स्थगित गरेर बहिनी यमुनाकहाँ यी पाँच दिन अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई ‘यमपञ्चक’ भन्ने गरिएको माहात्म्य छ । भाइटीकाको दिनको पूजा तिनै यमराज र यमुनाको नाममा समर्पित छ । त्यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदा यमराजले आफ्ना दाजुभाइलाई समय अगावै नडाकून् भन्ने चाहना अभिव्यक्त भएको हुन्छ ।
दाजुभाइ र दिदीबहिनीबीचको आदरभाव र स्नेहभावको अनुपम पर्व पनि हो तिहार । दुवैले आपसमा श्रद्धा, भक्ति एवं आदरपूर्वक सप्तरङ्गी टीका निधारमा लगाइदिएर, मखमली, दुबो, सयपत्री र गोदावरीको माला गलामा लगाइदिएर आपसमा आयु, आरोग्य, दीर्घायु होस्, रोगव्याधीले दुःख नदेओस् भनेर कामना र प्रार्थना गर्ने गरिन्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु