बग्दैछु हिमाल बाट

थाहा छैन मलाई यो
यो बाकी सफर कस्तो हुन्छ
घामको स्पर्शमा
बग्दैछु हिमाल बाट खोला बनेर
गन्तब्य त्यहि समुन्द्रलाई भेटन
थाहा छैन बग्दै जाँदा मलाई
ढु«ड.ालेले दिएको चोटहरुको
प्रहर कस्तो हुन्छ
तरपनि
बग्न चाहान्छु
जता सुकै ठोकिएर दुखे पनि
म
हिमालले पठाएको खबर
समुन्द्रमा पुर्याउन चाहान्छु
नदि बनेर त्यो गन्तब्यमा पुग्दा
घोलिएर म समुन्द्र बन्न चाहान्छु
तपाईको प्रतिक्रिया