
नारीकोसिस डटकम /निर्मकोला सापटा सन्जेल । १०९औं नारी दिवस मनाइरहदा , म श्रम गरीरहेकी महिला भएको ठाँउमा पुगे । उनी धमाधम डोकामा इट्टा राख्दै थिइन् । अनि मैले सोधे आज आठ मार्च अर्थात नारी दिवस होनि थाहा छ तपाइलाई ? उत्तरमा उनले आठ मार्च भनेको चाही थाहा छैन नारी दिवस भनेको थाहा छ । हामी श्रम गरेर विहान बेलुकाको गर्जो टार्नु पर्ने मान्छे । यो दिवसले के गर्छ केहि पत्तो छैन् ।
अनि फेरी मैल उनलाई झर्को नमान्नस है भन्दै अर्को प्रश्न सोधे तपाइले विहानदेखि काम गर्दा कति पारिश्रमिक पाहुनुहुन्छ ? उनले भनिन् विहानदेखि बेलुका सम्मको ९ सय । खाना खाएपछि आउदा ६ सय ।काम भुइतलाबाट इट्टा बोकेर दुई तला आधिमाथि पुर्याउनु पर्ने थियो । अनि फेरी अर्को प्रश्न सोधे आफनो पारीश्रमिकमा खुसी हुनुहुन्छ ? उत्तरमा उनी छैन भन्छिन् । किनकी भारी बोक्ने काम पनि सजिलो छैन् । हामीलाई विहानदेखि काम गर्दा पुरुषको १५ सय हुँदा कम्तिमा १२ सय सम्म पाउनु पर्छ । उनको दावि थियो ।
साझ विहानको घरको काम पनि भ्याउछन् र यसरी श्रम पनि गर्छन्। भेला र सम्मेलनमा हाम्रा समयहरु व्यतित गर्नु भन्दा तिनिहरु सम्म यो नारी दिवसको उदेश्य पुर्याउन सकियो भने चाहि वास्तवमै उपयोगि रहन्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु