
नारीकोसिस डटकम । उमेर बढ्दै जाँदा छाला चाउरी पर्न थाल्छ। छालामा पाइने तत्त्वहरू ‘केलागन’ र ‘इलास्टिन फाइबर’ उत्पादनमा उमेरको प्रभावले कमी हुँदै जान्छ र अनुहारमा विभिन्न प्रकारका रेखा देखिन थाल्छन्। जसलाई रिंकल पनि भन्ने गरिन्छ ।
आधुनिक व्यस्त जीवनशैलीका कारण कतिलाई त आफ्नो उमेर वा समय बितेको थाहै हुँदैन। तर छालामा पर्ने चाउरीले उमेर वा समय बितेको अनुभूति गराउँछ। प्राकृतिक प्रक्रियालाई त हामी रोक्न सक्दैनौ तर पनि उचित स्याहार गरेर यसलाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ। स्याहार भएन भने छाला छिट्टै चाउरिन्छ ।
छाला सुक्खा भएमा, बढी मात्रामा हावा, घाम, ताप परेमा, लामो समय बिरामी परेमा, शरीरमा पौष्टिक तत्त्वको कमी भएमा, तनाव, थकान, अनिद्रा, अव्यवस्थित जीवनशैली, वंशाणुगत कारण वा दूषित वातावरण आदिले गर्दा छाला चाँडै चाउरी पर्छ।
छालालाई चाउरी पर्न नदिन के गर्ने के नगर्ने ?
१ तनाव मूक्तः आफूले आफूलाई तनावरहित बनाउने ।
२. स्मोकिङ नगर्ने, स्मोकिङले स्वास्थ्यालाई हानि गर्छ नै यसले वाहिरी छालालाई पनि असर गर्ने भएकाले सकभर यसको प्रयोग गर्ने ।
३. चिल्लो, पिरो, मसला कम खाने । नियमित एक्ससाईज गर्ने ।
४. राम्रो निन्द्रा लिने ।
५ हल्का मसाज गर्ने ।
६. बढीमात्रामा पानी पिउने
व्यूटिसियन रन्जिता सिंहसँगको कुराकानीमा आधारित













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु