
नारीकोसिस डटकम । दिनानुदिन अत्याधिक चिसो बढिरहेको छ । चिसोका कारण स्वास्थ्यमा विभिन्न समस्याले सताउन सक्छ । जसमध्ये जाडो मौसममा धेरै मानिसमा छाला सुख्खा हुने समस्याले सताउन सक्छ । जाडो मौसमा छालाका लागि उपयुक्त मौसम नभएकोले यस्तो मौसममा छालाको विशेष हेरचाह गर्नुपर्छ । चिसोका कारण ओठ, मुख र शरीर सुख्खा हुन्छ ।
हाम्रो शरीरिको तापक्रम भन्दा बाहिरी वातावरणको तापक्रम कम भएका वातावरणले शरीरको ताप तान्न थाल्छ । जसले गर्दा हाम्रो शरीरबाट पानीको मात्रा कम हुन गई छाला सुख्खा हुने गर्दछ । चिसोको समयमा विशेषगरी आनुहार हात खुट्टा लगायत कपडा प्रयोग नभएको भागको छाला सुख्खा हुन्छ ।
छाला सुख्खा हुने कारण:
– साबुनको धेरै प्रयोग गर्दा छाला फुट्ने समस्या बढ्छ,
–धेरै तातोपानीले नुहाउँदा,
–ब्लड प्रेसरको औषधि सेवा गर्नेहरुमा छाला सुख्खा हुने समस्या हुन्छ,
–सुगरको औषधि सेवन गर्ने व्यक्तिमा छाला सुख्खा हुने समस्या हुन्छ ।
छालालाई हेरचाह गर्ने उपाय:
– छालालाई सुख्खा रहन नदिन मोस्चराइजिङ तथा लोसनको प्रयोग गर्ने ।
– साबुनको प्रयोग कम गर्ने । मोस्चराइजिङ साबुन तथा फेस वास प्रयोग गर्ने ।
– ओठ चिल्लो राख्न भ्यासलिन तथा लिप बाम प्रयोग गर्ने ।
– घाममा जानुअगाडि सन ब्लक क्रिम तथा लोसनको प्रयोग गर्ने ।
– बढी चिसो पानीमा काम नगर्ने ।
– बढी तातो पानीले ननुहाउने ।
– शारीरिक सरसफाइमा विशेष ध्यान दिने ।
– केही समस्या देखा परे छिट्टै छाला रोग विशेषज्ञसँग परार्मश लिई उपचार गर्ने ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु