
नारीकोसिस डटकम । खाना पकाउदा होस् या अन्य मिठाईका परिकार पकाउँदा वा खाना पकाउँदा हात तातो तेल वा तातो भाँडोले पोलेका होलान् । दियो बत्ती बाल्दा पनि आगोले पोलेको हुनसक्छ । केटाकेटीले पटका पड्काउँदा पनि उनीहरुको हात पोलेको वा डढेको हुनसक्छ । यसरी तेलले, आगोले वा विद्युतिय झड्काले पनि हाम्रो हात, खुट्टा वा शरीरको कुनैपनि भाग जल्न पुग्छ । र यस किसिमको जलन वा पोलाई निकै पीडादायक हुन्छ । साथसाथै पोलेको वा डढेको भागमा पछिसम्म दाग रहिरहन्छ ।
आगोले पोलेमा निम्नासार प्राथामि उपचार गर्न सकिन्छ :
– आगोले पोलेमा, तातो पानीले पोलेमा यदि छाला छेडिएको वा नष्ट भएको छैन भने सफा चिसो पानीमा डुबाउनुपर्छ ।
– फोका उठेमा त्यसलाई नफुटाउने ।
– घाउलाई सफा कपडाले छोप्ने ।
– पीडितलाई प्रशस्त झोलिलो पदार्थ दिने ।
– एसिडढले पोलेको भए सफा पानीले घाउ सफा गर्ने । उपलब्ध छ भने सामान्उ सलाइन वा नुनपानीले सफा गर्नुपर्छ ।
– क्षारको पोलाइमा अमिलो र पानी बराबरी मिलाएर सफा गर्ने ।
– घिउकुमारी अर्थात एलोभेराको जेल लगाउँदा पनि राम्रो गर्छ ।
यदि गम्भीर अवस्थाका घाइते भएमा तत्काल नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुर्याउनु पर्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु