
नारीकोसिस डटकम/मंसिर ५, काठमाडौं । जाडो मौसम शुरु भएसँगै चिसो बढ्न थालिसकेको छ । जाडोयाममा धेरै चिसो हुने भएकाले हाम्रो स्वास्थ्यमा विभिन्न समस्याले सताउन सक्छ । त्यसैले चिसोबाट बच्न जरुरी हुन्छ ।
विशेष गरी नवजात शिशु र सुत्केरी आमाका लागि जोखिम हुनसक्छ । नवजात शिशुको केयर गरिएन भने शिशुमा छिटो संक्रमण हुनसक्छ ।
नवजात शिशुलाई जति नै कपडा लगाइदिएपनि चिसो हुन्छ । मौसम परिवर्तन तथा बाह्य वातावरण पचाउन सक्ने क्षमता एकदमै कम हुने भएकाले बाह्य वातावरणको प्रभाव छिटो पर्छ र विरामी हुन सक्छ ।
चिसो मौसममा बच्चाहरुलाई रुघाखोकी र घाँटीमा संक्रमण हुने खतरा बढी हुन्छ ।त्यसैले चिसो मौसममा चिसोबाट बच्न न्यायो कपडा लगाएर तातो बनाएर राख्नुपर्छ । बच्चाको सास फेर्ने नली साँघुरिन्छ यस्तोमा खकार जमेर सास लिनमा कठिनाई हुन सक्छ ।
नवजात शिशुलाई चिसोबाट जोगाउन यी उपायहरु अपनाउनुहोस्ः
–धुलो, धुँवादेखि नवजात शिशुलाई टाढा राख्नुपर्छ । धुलो, धुँवाले नवजात शिशुलाई दमको समस्या हुने, झाडापखला लाग्ने हुनसक्छ । त्यसैले घर वरपरको वातावरणमा पनि विशेष ध्यान दिनुपर्छ ।
–मौसम बदल्ने वित्तिकै शिशुलाई न्यानो कपडा लगाइदिनु पर्छ । शिशुलाई जहिले पनि मोजा टोपी लगाइदिनुपर्छ ।
–शिशुलाई तेल मनतातो बनाएर मसाज गर्ने ।
–शिशुलाई न्यानो कपडा लगाइदिएर घाममा राख्नुपर्छ ।बिहानको घाममा राख्दा ताजा हावाको साथै भिटामिन–डी पनि प्राप्त हुन्छ ।
–शिशु ६ महिना भन्दा बढी भएको छ भने खाना पनि खान्छ । खाना खुवाँउदा चिसो र बासी खाना नखुवाने।
–नवजात शिशुको छाला एकदमै संवेदनशिल हुन्छ । त्यसैले संक्रमण हुने खतरा बढी हुन्छ । त्यसकारण शिशुलाई समाउन अघि साबुन पानीले राम्रोसँग धुनुपर्छ ।
–शिशुलाई आमाको दुध अघाउन्जेल खुवाउनुपर्छ । आमाको दुधमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु