
नारीकोसिस डटकम/मंसिर ११, बैतडी । बैतडीको पाटनका महिलाहरूले लैगिंकहिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा विभिन्न चेतनामूलक साँस्कृतिक कार्यक्रम आयोजना गरेका छन् ।
पाटनमा आयोजना गरिएको स्थानीय सँस्कार झल्किने देउडा कार्यक्रममा महिलाहरूले लैगिंकहिंसा न्यूनीकरणका लागि समुदायका सबै नागरिक सचेत हुनुपर्नेमा जोड दिएका छन्।
देश संघिय प्रणालीमा गएता पनि महिला हिंसा अन्त्य गर्न नसकेको भन्दै महिलामाथि सबै प्रकारको हिंसा न्यूनीकरणका लागि सरकारले विषेश ध्यान दिनुपर्ने उनीहरुको जोड थियो।
लैगिंकहिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको अवसरमा सहस्त्रलिंग सामुदायिक विकास संस्था, रेडियो निङ्लाशैनी र सञ्चारिका समूहको आयोजना तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, सुआहाराको सहयोगमा सो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागी महिलाहरुले महिलामाथि हुने सवै प्रकारको हिंसा न्यूनीकरणका लागि समाजका सबै नागरिक जिम्मेवार हुनुपर्ने उनीहरुको जोड थियो ।
समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता भन्ने १६ दिने अभियानको नारा रहेको छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु