
कतिपयलाई तिते करेला मन नपर्न सक्छ किनकि यसको स्वाद तितो हुन्छ । तर यो तितो स्वादले हाम्रो स्वास्थ्यलाई औषधीय र सौन्दर्य गुणले भने नसोचेको लाभ प्रदान गर्दछ ।करेलामा पाइने कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ए, भिटामिन सी, केरोटिन, ग्लुकोलाइड, सेपोनिन, एल्केलाइड, लिर्टस आदि तत्वहरु स्वास्थ्य र सौन्दर्यका लागि निकै फाइदाजनक मानिन्छ । तिते करेलाका फाईदाहरु निम्न छन्:
१.मधुमेहबाट पीडित ब्यक्तिले सधैं करेलाको रस पिउनाले समस्या निराकरणमा निकै मद्धत गर्छ ।
२.जन्डिसका विरामीले करेलाको पातको रसमा थोरै हरडको धूलो मिलाएर बिहान बेलुका पिउनाले जन्डिस निको पार्न मद्धत गर्छ ।
३.पोतो–पोतोको गहिरो दागमा करेलाको पात पिसेर लगाउनाले दाग हराउँछ ।
४.तपाईको अनुहारमा दाग आएको छ भने तपाई करेलाको सेवन गर्नुस यसले रगत सुद्ध बनाउँछ र अनुहारमा दाग पनि आउदैंन ।
५.काँचो करेलाको रसलाई मनतातो बनाएर जोर्नी दुःखेको ठाउँमा लगाउनले दुःखाईमा राहत मिल्छ ।
६.पेटमा किराको कारणले यदि पेट दुःख्ने समस्या छ भने बिहान बेलुका गरी तीन दिनसम्म करेलाको रस पिउनुस् पेटको किरा नष्ट हुन्छ र तपाईलाई राहत मिल्छ ।
७.करेलाको रस पिउनाले पिसाब सफा हुन्छ र पिसाब पोलेकोमा पनि आराम मिल्छ ।
८.धेरै भिटामिन ए पाइने करेला एक राम्रो एन्टी अक्सिडेन्ट हो जसले छालालाई स्वस्थ बनाउन मद्धत गर्छ
९.करेला सेवनले एन्टीएजिङको काम पनि गर्छ । यसको सेवनले छाला जवान र चक्किलो देखिन्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु