
नारीकोसिस डटकम/मंसिर ११, नुवाकोट । ककनी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान र सुत्केरीलाई पोषिलो झोला वितरण गरेको छ ।
गाउँपालिकाले ज्येष्ठ नागरिकलाई हौसला स्वरुप सम्मान र सुत्केरी आमाहरुलाई सुरक्षित सुत्केरी गराउन उत्प्रेरित गराउने उदेश्यले सो सम्मान तथा झोला वितरण गरेको हो ।
मंगलबार गाउँपालिकाको वडा नं. ६ र ७ का ज्येष्ठ नागरिकहरुलाई ७ नम्वर वडाका सुत्केरी आमाहरुलाई पोषिलो झोला बितरण गरिएको थियो ।
गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सीता खतिवडा लामा र प्रमुख प्रशासकीय अधिकृत टुनाबहादुर श्रेष्ठले संयक्त रुपमा वडाका ९० बर्ष माथिका ९ जना ज्येष्ठ नागरिकहरुलाई जनही दुईहजार रुपैयाँ नगदसहित दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान सहित न्यानो कपडा र सुत्केरी आमाहरुलाई पोसिलो झोला बितरण गर्नुभएको थियो ।
वडा नम्वर ७ चतुरालेस्थितका ८ जना सुत्केरीहरुलाई पोषिलो झोला बितरण गरिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो।
कार्यक्रममा सुत्केरीहरुलाई सुरक्षित सुत्केरी गराए बापत सरकारको तर्फबाट दुईहजार रुपैयाँ र गाउँपालिकाको तर्फबाट तीनहजार रुपैयाँ उपलब्ध गराईएको उपाध्यक्ष लामाले बताउनुभयो ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु