
आजको सभ्यतालाई फ्लोरेन्स नाईटिङ्गेलको धेरै ठूलो उपकार छ । अस्पतालमा काम गर्ने नर्स जसले बिरामीको हेरविचार गर्छन् । र उनीहरुलाई नयाँ जीवनको शन्देश दिन्छन् । उनीहरु यी महान नारीेले बनएको बाटोमा हिडिरहेका छन् । यदि फ्लोरेन्सले बाटो नदेखाएकी भए सायद आज पनि युद्धक्षेत्रमा घाईते सिपाहिहरुको रेखदेखका लागि कोही अगाडि आउने थिएनन्, अस्पतालमा भर्ना हुने अधिकांश बिरामीको मृत्यु हुने थियो । अस्पताल नवजीवनको स्रोत नभएर भयानक र क्रुर मृत्युको अड्डा हुनेथियो ।
अग्रेजी आमा–बुवाकी सन्तान फ्लोरेन्सको जन्म १८२० मा इटलीको फ्लोरेन्स नामको शहरमा भयो । उनका आमाबावुलाई आप्mनो बच्चाको नाम जन्मस्थानको आधारमा राख्ने शौक थियो । यसैले उनीहरुले आप्mनी छोरीको नाम फ्लोरेन्स राखिदिए । योभन्दा पहिला फ्लोरेन्स पुरुषको नाम हुने गथ्र्यो । स्त्रीको हुदैनथियो तर आज यीनको यादमा अनेकौं स्त्रीहरुको नाम फ्लोरेन्स राखिएको छ ।
धनी आमाबावुकी प्यारी छोरी, सुखसयलमा हुर्किएकी, उच्च शिक्षादिक्षा पाएकी उनको मनमा एउटा कुराले डेरा जमायो, उनी मानवताको सेव गर्न चाहन्थीन् किनकि उनी यसैलाई भगवानको पूजाको सवैभन्दा राम्रो शैली मान्थिन् । उनको मनमा एउटा आगो थियो, एउटा तडप थियो ।
उनले अस्पतालको फोहोर देखिकी थिईन् । ती दिनमा किटनाशक र एन्टीसेप्टिकको अविष्कार भएको थिएन । जे जति नर्स अस्पतालमा थिए उनीहरु पनि अनपढ र विना ट्रेनिङ्का हुन्थे र नराम्रो बानी व्यवहार भएका थिए । फलस्वरुप एक पटक अस्पतालमा पुगेर बिरामी फर्केर आउन असम्भव हुन्थ्यो । उसले दारुण दुःख भोग्नुपथ्र्यो, जसको वर्णन अव ईतिहासको कुरा हो । यो बाहेक नर्सको पनि भ्रष्ट हुन्थ्यो । उनीहरु मजदुरको भन्दा थोरै तलब पाउँथे । प्mलोेरेन्सका धनी आमा–बुवाको समाज सम्मान थियो । युरोपको पछिल्लो शताब्तीको राजनीति जो उच्च बशंसम्म सीमित थियो, त्यसमा उनीहरुको पहँुच थियो र उनीहरुको विचारमा फ्लोरेन्स आफ्नो मनोमानी गर्न दिन्थे ? उनको ध्यान अन्त लगाउनको लागि उनको परिवारले साथीसँग विदेश यात्रामा पठायो । पहिला उनी रोम गईन तर रोमको गौरवले उनलाई प्रभावित गर्न सकेन । रोमको एक कुराले उनलाई प्रभावित पा्ययो । त्यो थियो, ईसाई मठका भिक्षुणीहरुले गर्ने विरामीको सेवा । उनलाई एक प्रोटेटेष्ट पादरीको बारेमा पनि थाहा भयो जो जर्मनीको एउटा स्थान केसर्सवर्थमा नर्स ट्रेनिङको एउटा केन्द्र चलाएर बसेका थिए । यी कुराले उनको नर्स बन्ने इच्छालाई अरु जाग्रीत ग्यो ।
यसपछि फरी उनी इंग्ल्याण्ड पुगे । त्यहाँ उनको घरको छेउमा नै सिडनी अर्बट बस्थे । सिडनी योभन्दा पहिला नै मन्त्री बनिसकेका थिए र केही समयपछि फेरी युद्ध विभागको मन्त्री बनाए । फ्लोरेन्सको मित्रता सिडनी र उनकी पत्नीसँग भयो । फ्लोरेन्स भविष्यमा यीनीहरुबाट धेरै सहायता पाइन् ।
फ्लोरेन्स फेरी विदेश भ्रमणको लागि निस्किन् । पेरिसमा उनको भेट एक इसाई मठका दुईभिक्षुणीहरुसँग भयो । उनीहरुलेउनलाई अलेक्जोन्ड्रिियाममा आफ्नो मठको नाममा एउटा परिचय पत्र दिए । फ्लोरेन्स युरोेपदेखि मिश्रसम्मको यात्रा गरेर अलेक्जेन्ड्रियामा रहेको त्यो मठको स्कुल र अस्पताल हेरिन् । यहाँबाट उनलाई थाहा भयो अस्पतालको प्रबन्धमा अनुशासन हुन कति आवश्यक छ । फर्किदा जर्मनीका प्रोटेस्टेन्ट पादरीको तालिम केन्द्र पनि हेरेर आईन । आफ्नो युरोयात्रामा फ्लोरेन्स जहाँ गए पनि सवैभन्दा पहिला त्यहाँको त्यो स्थानमा पुग्थिन् जहाँ पीडितको सेवा गरिन्थ्यो ।
सन १८५० मा एउटा विद्रोह भयो । यो कुनै राजनीतिक विद्रोह थिएन । यो एउटी युतीको मनमा उठेको विचारको तफान थियो । यो पारिवारिक अवरोध र बन्धनका विरुद्ध लड्ने दृढनिश्चय थियो । जसको सफलताले मानवतालाई फ्लोरेन्स नाईटिङ्गेल जस्ती देवी दान दियो । लण्डनको तकभडकमा एक दिन उनले आफ्नो जीवनको खोक्रोपना देखिन् । उनले आफ्नो डायरीमा लेखिन्ः “मेरो जीवनको एकतीसौ वर्षमा मलाई आफ्नो मृत्यु बाहेक हरु कुनै कुराको चाहना छैन.. । हे भगवान्, मलाई के हुदैछ ?”
उनी मसक्तिको लागि तड्पिरहेको हृदयको पुकार थियो । या त उनी नर्स बन्नेछिन या उनको जीवनको कुनै अर्थ छैन । सिडन हर्वटले उनका आमाबावुलाई बुझाएर, धेरै सम्झाए अन्त्यमा आएर उनीहरुले माने । एक पटक फेरि फ्लोरेन्स युरोपको ती स्थान हेर्नका लागि निष्कन् जहाँ मानवताको सेवा हुन्थ्यो । केसर्सवर्थको केन्द्रमा भर्ति भएर उनले नर्सिङ संस्थाको संगठनको बारेमा जानकारी हासिल गर्नको लागि पेरिस गईन ।
प्लोरेन्सको पहिलो सिद्धान्त थियो विरामीले स्वच्छ हावा पाउनुपर्छ । यसैले उनले प्रचलित विश्वासको वास्त नगरी विरामीको कोठाको भ्mयाल खुल्ला राख्न थालिन् । उनले त्यसरी कयौं अरु सुधार पनि गरिन् । विस्तारै विस्तारै अस्पतालमा विरामीको संख्या बढ्न थाल्यो । अव फ्लोरेन्सलाई किङ्ग्स कलेज हस्पिटलको नर्सको सुपरटेन्डेण्ट बनाउने कुरा हुन थाल्यो । सेप्टेम्बर १८५४ मा क्रिमियाको युद्ध शुरु भयो । त्यहाँ लडाँईमा अंग्रेज सेनाहरु विजय भए । तर घाईते सिपाहिको सेवा सश्रुषको कुनै प्रबन्ध थिएन । डाक्टरहरु थोरै थिए । यो कुरातिर ध्यान दिलाउने आवश्यकता छैन कि औषधि र अन्य अत्यावश्यक साधनविना घाईते सिपाहिमा के भयो होला र उनीहरुमध्ये कति बिनाकारण मारिए होलान् । सिडनी हर्बट त्यसबेला युद्धमन्त्री थिए । उनले प्लोरेन्सको अगाडि क्रिमिया जाने प्रस्ताव राखे । उनी तयार भईन् । तुरुन्तै एउटा योजना बनाए । २१ अक्टोवर, १८५४ मा उनी त्यहाँबाट हिंडिन् ।
सारा देशमा पत्रिकामा छापिएका सैनिकको दुर्गतिको वर्णन पढेर क्षोम भईरहेको थियो । जव मानिसहरुले सुने एक उच्च खानदानकी स्त्री आफ्नो सुख र आराम छाडेर क्रिमिया गईरहेकी छिन् र उनीसँगै ३८ जना नर्स पनि छन्, तव सारा देशमा प्रशन्नताको लहर छायो । उनको सहायताको लागि चन्दा जम्मा हुन थाल्यो । धन बाहेक उनका कामको लागि चाहिने बस्तहरु प्नि उनलाई दानमा दिईयो । सरकारी धन पनि उनको कामको लागि सहयोगस्वरुप दिईयो । नोभेम्बरको सुरुमाउनी स्कुटारी पुगेका थिए । तुरुन्तै इन्करमनको लडाँईबाट ६०० घाईते सिपाहीहरु आए । यो समय काम गर्नुपर्ने थियो । । त्यही केही मानिसले उनको काममा बाधा अड्चन पु्ययाईरहेका थिए । पहिला त भनियो कि पुरुषको काममा कुनै स्त्रीलाई इन्चार्ज बनाउनु घोर नास्तिकताको काम हो । सेनाका अफिसर पनि उनको काममा सहयोग गर्दैनथे । उनीहरुको काम गर्ने तरिका पनि ढिलो र सुस्त थियो । जव विरामीको ज्यान जोखिममा हुन्छ तब धेरै ढिला गर्नुहुदैन भन्ने प्mलोरेन्सले त्यो खोतल्ने आदेश दिइन् । लुगा धुने ठेकदारले जव आफ्नो काम पूर्णरुपमा गर्न सकेनन् तव उनले उएटा भाँडामा लिईन् । र लुगा धुने आफ्नै प्रवन्ध गरिन ।
उनी आफ्ना कर्मचारीको अनुशासनमा पूरा ध्यान दिन्थिन् । जसले इंल्याण्डबाट नयाँ कर्मचरी आउथे, जसको शिक्षाको प्रवन्ध अझैसम्म इंग्ल्याण्डमा गरिसकिएको हुन्थ्यो । विरामीको देखभालसँग सम्बन्धित हरेक विभाग उनले एक दिनमा बीस घण्टासम्म काम गर्न तयार रहन्थिन् । खाना पकाउनेदेखि लिएर बिरामीको हेरविचार गर्ने, बढार्ने सवै काम उनले गर्नुपथ्र्यो । जवदेखि उनले यहाँको प्रबन्ध सम्महालिन, मृत्युको संख्या घट्दै गयो । पहिला बयालीस प्रतिशत विरामी मर्थे । यो संख्या घटेर दुई प्रतिशतमा झ्यो ।
चाहे दिनमा उनले जति नै काम गर्नु परोस् । उनको नियम थियो, उनी राती सुत्नु अगाडि एक पटक विरामीलाई हेरेर आउने गर्थिन् , कालो लुगा लगाएर आफ्नो बाक्लो कपाल सेतो टोपीले ढाकेर एउटी अग्लो पातलो आकृति आफ्नो हातमा बत्ति बोकेर सारा अस्पताल घुम्ने गर्थिन र घाउ दुखेर कराईरहेका विरामीलाई सान्तना दिन्थिन् । फ्लोरेन्स नाईटिगेलको यो आकृति देखेर निराशहरुलाई आशाको सन्देश मिल्थ्यो र मृत्युसँग लड्दै गरेका घाईतेहरु यसमा जीवनको ज्योति देख्दथे । मानिसले उनलाई बत्ति लिएकी केटी अर्थात लेडि विथ ल ल्याम्प भन्ने शुरु गरे । यो बाहेक उनले सैनिकलाई अरु फाईदा पनि पु्याईन् । विरामीको मन बहलाउनको लागि जव उनले विभिन्न प्रकारका खेल, मनोरञ्जन, पत्रपत्रिकाहरु, पुस्तक जम्मा पार्न थालेपछि सैनिक जीवनको आवश्यकता बनेका छन् ।
एकदिन उनी आफै विरामी भईन् । उनी ठिक भएपछि इंग्लाण्डभरी उत्सव मनाईयो । महारानी भिक्टोरियाले उनलाई पत्र लेखि, उनलाई ती नारीसँग भेट गरेर धेरै खुशी लाग्नेछ । जसले स्त्रीहरुको सम्मानलाई यति उच्च बनाएकी छिन । तर उनी क्रिमियाबाट त्यो बेलासम्म हिंडिनन् जबसम्म अंग्र्जी सेना हटेनन् । लण्डनमा उनको भव्य स्वागतको तयारी गरिएको थियो । तर उनी गुपचुपमा त्यहाँबाट हिंडिन, कसैले उनी आएको खवर समेत पाएनन् । पछि उनले महारानीसँग भेट गरिन् र उनलाई आफ्नो योजना प्रस्ट पारिन । उनको योजना कार्यन्वयन गर्नको लागि पचास हजार पाउण्ड –लगभग पौने दश लाख रुपौया) जम्मा गरियो । यो धनको साहयताले उनले नर्सहरुलाई तालिम दिनको लाागि एउटा ठूलो कलेज खोलिन् । अरु धेरै केन्द्रहरु पनि खोलिन् । उनले १०५८ मा सेनाको स्वास्थ्या सम्बन्धमा ८०० पृष्ठको एउटा पुस्तकमा आफ्नो विचार प्रकट गरिन । १८५७ मा उनी भारत आउन चाहन्थिन् तर आउन पाईनन् । उनी भारतका गाउँमा मेडिकल मिशन पठाउनमा सदैव जोड दिन्थिन् ।
१८७२ मा उनले आफ्नो कामबाट छुट्टी लिईन् र एकान्त जीवन बिताउन थालिन् । यसपछि उनी धेरैजसो आफ्नो कोठमा बस्थिन् कुनै विशेष मानिस लिएर घुम्न निस्कन्थिन् । १९०७ मा उनलाई अर्डर अफ मेरिट ले सम्मान गरियो । जीवनको अन्तिम क्षणमा उनले आँखाको ज्योति गुमाईन् र दृष्टिविहिन भएर केही वर्ष गजुरेलपछि १३ अगष्ट, १९१० मा उनको मृत्यु भयो ।
तर फ्लोरेन्स नाईटिङ्गेलले पीडित मानबको सेवाको जुन दीप प्रज्वलित गरेकी थिईन । त्यो अझैसम्म बसलरहेको छ र भविष्यलाई पनि आफ्नो जीवदायिनी ज्योतिले प्रकाशित गरिरहनेछ ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो