
काठमाडौं । रामकृष्ण ढकाल नेपाली संगीतको सर्वोच्च शिखर चुमेका गायक हुन् । ५० र ६० को गरी दुई दशक त उनले नेपाली सुगम संगीतमा नम्बर एक गायक बनेर राज गरे भन्दा हुन्छ । मखमली आवाज, उच्च गायकी कौशल, प्रस्तुति र व्यक्तित्व हरेक तवरबाट उनी नेपाली श्रोताको मन-मस्तिष्कमा बसिरहे, बसिरहेका छन् ।
सानै उमेरदेखि संगीत क्षेत्रमा पाइला चालेका रामकृष्णको औपचारिक सांगीतिक यात्रा भने २०४६ सालमा ‘हाम्रो सुन्दर संसार थियो’ गीतबाट सुरु भयो । २०५० सालमा ‘आशीर्वाद’ एल्बम निकालेका उनी नेपाली संगीतमा व्यावसायिक युगको प्रवेश गराउने गायकको रुपमा समेत चिनिन्छन् । २०५५ सालमा सार्वजनिक ‘आशा’ एल्बममा संग्रहित ‘ओराली लागेको हरिणको चाल भो’ले उनलाई नेपाली संगीतमा आफ्नो छुट्टै शैली र स्थान बनाइदियो । यो गीतलाई रामकृष्णको ‘सिग्नेचर सङ’को रुपमा मानिन्छ ।
झण्डै डेढ दर्जन सांगीतिक एल्बम, पाँच हजार बढी गीतमा स्वर दिएका यी गायक एक समय पार्श्व गायनमा पनि निकै जमे । आफ्नै जीवनकथामा आधारित फिल्म ‘आशीर्वाद’मा उनले अभिनयसमेत गरे ।
रामकृष्ण ढकालको आज पनि सांगीतिक सक्रियता त उस्तै छ तर पनि उनका गीतहरुको चर्चा पहिलेजस्तो अहिले त्यति सुनिंदैन । यो साता गफ स्टेसनमा अन्तर्वार्ताका लागि आइपुगेका रामकृष्णले आफू स्वदेशमा भन्दा बढी विदेशकै कार्यक्रममा बढी व्यस्त भइरहेको सुनाए । हो पनि, तीन महिना अमेरिकामा सांगीतिक टुर गरेर आएका उनी यो अन्तर्वार्ताको भोलिपल्ट (बिहीबार) कतारको कार्यक्रममा जाने हतारोमा थिए ।









समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु