
सुनिता तामाङ
वर्षा याममा उर्लिएको
खहरे खोला हैनौ तिमी
निरन्तर वगिरहने नदि झै
हर सुःख दुःखमा साथ दिने
जीवनसाथी हौ तिमी,
शिशिर याममा उजाडिएको
रुख हैनौ तिमी
जीवनका हर उत्तरचढावलाई
धैर्यताले समाउने
जीवनसाथी हौ तिमी,
डिलहरुले वरिपरि घेरिएको
पोखरीको पानी हैनौ तिमी
सफल जीवनयात्राको सहजतलाई
स्वतन्त्रताको अर्थ बुझेको
जीवनसाथी हौ तिमी,
साचो प्रेमको बहानामा सिमित घेराभित्र वाँधिएको
साँघुरो विचार भएको प्रेमी हैनौ तिमी
समुन्द्रको पानी झै
गहिरो र फराकिलो विचार भएको
जीवनसाथी हौ तिमी । । ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु