
नारी कोसिस डटकम /मंसिर–१३, काठमाडौ । कागेश्वरी मनोहरा नगरपालिकाको नौ वटा वडा मध्ये पाँच वटा वडाहरूको घर संख्या विवरण सार्वजनिक गरिएको छ। नगपालिकाले शुरू गरेको Metric System र Base Map मा आधारित जनगणना २०७५ ले गरिएको पाँच वटा वडाको घर विवरण वुधावार सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको उक्त तथ्याङ्कमध्ये नौ नम्वर वडामा सवैभन्दा बढि घर संख्या (तिन हजार नौ सय चौध) रहेको छ भने सवैभन्दा थोरै वडा नम्वर पाँचमा (दुई हजार एक सय उनन् पचास ) रहेको छ ।
सार्वजनिक गरिएको वडाहरुको घर संख्या :
वडा नं ९: ३,९१४,
वडा नं ८ : २,६२५
वडा नं ७ : ३,८९७
वडा नं ६ : ३,५४३
वडा नं ५ मा २,१४९
वाँकी चार वटा वडाको (१,२,३, ४) गणना भैरहेको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो । २०६८ सालको तथ्यांक अनुसार नगरपालिकाको घर संख्या १४,२०० रहेको छ ।
नगर प्रमुख थापाका अनुसार २०७५ पौष मसान्त भित्र सबै वडाको तथ्यांक संकलन गर्ने कार्य सम्मपन्न भईसक्ने बताउनु भएको छ । साथै गणना भएका सवैको घर घरको गेट वा वालमा अस्थाई नम्बर लेखीएको छ /छैन हेर्न र लेखिएको छैन भने आफ्नो वडामा जानकारी गराई सहयोग गरिदिन आम वडावासीलाई अनुरोध समेत गर्नुभएको छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु