
नारीकोसिस डटकम/ फागुन २१,काठमाण्डौं । सर्वप्रिय वरिष्ठ हास्यकलाकार मदन कृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठले आफ्नो बारेमा बायोग्राफी गीत ल्याएका छन् । नातीकाजी श्रेष्ठको पुरानो गीतमा प्यारोडी बनाउँदै उनले
“हिमालको काखमा छ सानो मेरो गाउँ
मदनकृष्णको छोरा हुँ म यमन मेरो नाउँ “भन्ने गीत बनाएका हुन् ।
गीतमा उनले बाल्यकालदेखिका महत्वपूर्ण कुरा बताएका छन् । आफ्नो जीवनको यर्थात परक यस गीतमा उनले शब्दहरुलाई अत्यन्तै सरल ढंगले प्रस्तुत गरेका छन । हस्यौलि पारामा नाच्दै गाएको यस गीतले उनको कलात्मक प्रस्तुति सँग-सँगै आन्नद पनि दिलाएको छ ।
“बालाजुको बनस्थली स्कुल पढया म
स्कुल भागि भागि पनि कक्षा चढया म ”
गीतमा कतै केहि नढाटि आफ्नो स्कुले जीवनको रमाइलो अल्लारे पल व्यक्त गरेका छन् भने गीतको हाउभाउमा पनि उस्तै चित्रण गरेका छन् ।
“जा बसेनी तरकारी त्यहि हो आलु काउली बन्द
आफ्नै देशमा बस्न ढुक्क अरु देशमा भन्दा”
भन्दै स्वदेशप्रतिको मायालाई छर्लङ पार्दै गीतबाट डोनाल ट्रम्पले बोलाए पनि
स्थायीबसोबास हुने गरी अमेरिका नजाने अठोटले सन्देश मूलक राष्ट्रियता व्यक्त गरेका छन् । उनको स्वरमा मदनकृष्ण श्रेष्ठको आवाजलाई स्वत स्फूर्त महसुस गर्न सकिन्छ भने उनको ठटयौलि पाराको गाउने तरीकाले बाबुको हास्य कलाकारीतालाई स्मरण गराउछ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु