
नारीकोसिस डटकम पुस ७, दाङ । सामाजिक अभियान्ता गोपाल खत्रीले बेसहाराहरुका लागि म्याट र कुर्सी सहयोग गर्नुभएको छ ।
राप्ती गाउँपालिका वडा न ८ निवासी समिक्षा स्टिल फर्निचर एन्ड प्लास्टिक वयर्सका संचालक समेत रहनुभएका खत्रीले निलसागर सेवा आश्रम दाङले अश्रय दिदै आएका घरपरिवारविहिन बेसहाराहरुका लागि म्याट र कुर्सी प्रदान गरी सहयोग गर्नुभएको हो ।
खत्री सचेतना सामुदायिक स्वास्थ्य संस्थाका आजिवन सदस्य तथा निलसागर सेवा आश्रम दाङका सामाजिक अभियन्ता पनि हुन् ।
निलसागर सेवा आश्रमका संस्थापक अध्यक्ष सरिता निलसागरले सो सहयोगप्रति आभार व्यक्त गर्दै सहयोगी मनहरुलाई धन्यवाद दिनुभयो ।
निलसागर सेवा आश्रमले विभिन्न कारणले घरपरिवारविहिन भएका वा वेवारिसे रुपमा सडकपेटीमा बस्न बाध्यभएकाहरुको उद्धार गरी उनीहरुको सेवा तथा संक्षण गर्दै आईरहेको छ । साथै पारिवार खोजतलास गरी परिवासँग पुर्नरमिलन समेत गर्दै आएको छ ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो