
मौलाना जलासुद्दिन रुमी १३ औं शताब्दीका कवि हुन् जसको नाम अहिले सम्म पनि प्रख्यात छ । उनी सुफी संगीत साधक समेत हुन् । रुमीका कविताहरु संसार भरका विभिन्न भाषाहरुमा अनुवादित छन् । दाशर्निक तथा आध्यात्मिक क्षेत्रमा पनि उत्तिकै मानिने रुमीको जन्म सन् १२०७, सेप्टेम्बर ३ मा भएको थियो
– आँखा बन्द गर र प्रेमको महसुस गर ।
– मेरो मुख बन्द थियो, तर मौन रहेर पनि मैले तिमीलाई सयौं कुराहरु भनिरहेको थिएं ।
– म तिम्रो भइसके, मलाई अब म फिर्ता नदेउ ।
– टाढा हुने भन्ने शब्द उनीहरुका लागि मात्र हो, जसले आँखाको मात्र प्रेम गरेका हुन्छन् ।
– अरुको मनको कुरा ढकढकाउन भन्दा पहिले आफ्नो मनको ढोका ढकढकाउ ।
– प्रेम नामको धर्ममा केही पनि आस्तिक र नास्तिक हुदैंन । प्रेम नामको धर्ममा सबै व्यक्तिको आत्मा खाली हुन्छ ।
– मनलाई खुल्ला राख्नको लागि तिमीसंग मन टुटेका अनुभवहरु हुनु जरुरी छ ।
– माया खोज्दै नहिड । मायाको लागि आफूभित्र भएका बाधाहरुलाई खोज ।
– तिम्रो उपस्थितीले मैले माया गर्न सिके । तिम्रो सुन्दरताले मैले कविता कोर्न सिकें। तिमी मेरो मनभित्र नाचिरहेका हुन्छौं । अरुले तिमीलाई देख्न सक्दैनन्, तर मैले तिमीलाई बेला बेलामा देखिरहन्छु र मैले देखेको त्यो तिम्रो दृश्य कला भएर बाहिर निस्किन्छ ।
– कोही तिम्रो जिन्दगी देखि टाढा भयो भनेर दु :खी नबन । त्यो अरु कुनै रुप लिएर फेरी तिमीसंग आउनेछ ।
– तिम्रो मनमा एउटा मैनबत्ति बल्न तयार भएर बसेको छ । तिम्रो आत्मा खाली भएको छ र त्यो भरिन चाहन्न ।
– प्रेम हाम्रो आमा हो । प्रेमले नै हामीलाई जन्माएको हो ।
– प्रेमी प्रेमीका भेट्दैनन् । उनीहरु सधैंभरि संगै रहिरहेका हुन्छन् ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो