
नारी कोसिस डटकम/जतिखेर निद्रा लाग्छ, त्यतिखेर सुत्न सकियो भने अनिद्राको समस्या निर्मूल नै हुन्छ तर आज भोली यस्तो अवसर सबैलाई नमिल्न सक्छ । सकभर मिलाउने कोसिस गर्नुपर्छ ।
१. पानी प्रशस्त पिएर पेटमा मल विकार जम्मा हुन दिनु हुदैंन ।
२. दैनिक भोजनमा प्रशस्त मात्रामा क्याल्सियम, भिटामिन डि, बि कम्प्लेक्स समावेश गर्नुपर्दछ ।
३. बिहान खाली पेटमा एक गिलास कागती पानी पिउने, चिया, कफीको सेवन सकभर नगर्ने, गर्नै परे पनि मात्रा घटाउँदै जाने, तारेको, भुटेको खानेकुरा नखाने, धुम्रपान, मद्यपानको सेवन गर्नु हुदैन ।
४. प्रत्येक कुरालाई सकारात्मक ढङ्गबाट सोच्ने बानीको विकास गर्दै जानुपर्छ ।
५. सुत्नु अगाडि तातो पानीले नुहाउने ।
६. सुत्नु अगाडि सम्पूर्ण शरीरको मसाज गर्ने र मधुर संगीत सुन्ने ।
७. आरामको ओछ्यानमा पल्टिएर लामो लामो सास लिने र छोड्ने, यसरी सास तान्दा आनन्दको अनुभूति गर्ने र सास छोड्दा शरीरका अङ्गहरु निदाउन थालेको महसुस गर्ने ।
८. दैनिक आधा घण्टादेखि एक घण्टासम्म पसिना निस्कने गरी व्यायाम गर्ने ।
यसरी माथिका विधिमध्ये आफूलाई उपयुक्त कुनै विधि अपनाई लामो समयसम्म अभ्यास गर्दै रहने हो भने अवश्य निद्रामा सुधार आउने बित्तिकै व्यक्तित्वमा फरकपन देखा पर्न थाल्छ । त्यसैले निद्रालाई हल्का रुपले हेर्नु हुँदैन । यो त हाम्रो स्वस्थ जीवनको अभिन्न मित्र हो ।
महालक्ष्मी आचार्य













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु