
नारीकोसिस डटकम/वैशाख ८, काठमाडौं । काठमाडौंको रानीबारीमा गत २६ चैतमा भएको डकैती घटनामा संलग्न ३ जनालाई प्रहरी पक्राउ गरेको छ ।
घटनामा संलग्न चन्द्रागिरिका नवराज तामाङ, विक्रम श्रेष्ठ र नुवाकोटका दिपेश भनिने सन्तबहादुर तामाङ पक्राउ परेका हुन् ।
पक्राउ परेका ३ जनाले रानीबारीमा लालेन्द्र शेरचन, उनकी श्रीमती भानुदेवी र घरको रेखदेख गर्ने मिठु थकालीसहित ३ जनालाई हातखुट्टा बाँधेर लुटपाट गरेका थिए ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको अनुसन्धान थालेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।
‘जुटको डोरीले बाँधेर कोठामा रहेको दराज फुटाई तोडफोड गरेर गरगहना र नगदसहित गरी ५ लाख ६० हजार बराबरको धनमाल लुटपाट भएको थियो सिंहले भने ।
प्रहरीले उनीहरुको साथबाट सुनको तिलहरी, बा२ज ३०६१ नम्बरको ट्याक्सी र बा ३ च ७१६४ नम्बरको जीप पनि बरामद गरेको छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु