
नारीकोसिस डटकम । बढ्दो उमेरसँगै अनुहार तथा शरीरका अन्य भागको छालामा चाउरी पर्नु स्वाभाविक हो । तर यसले धेरैलाई चिन्तित बनाइरहेको हुन्छ । सुन्दर अनुहारको छाला चाउरिन थालेपछि सुन्दरता कम हुँदै जान्छ ।
आँखाको कोस र निधारको छालामा चाउरी बढी पर्ने हुन्छ । जुन भागको छाला बढी खुम्चने वा तन्कने हुन्छ, त्यही भागको छालामा बढी चाउरी पर्छ । सुक्खा छालाको तुलनामा चिल्लो छालामा कम चाउरीपन देखिन्छ । आफ्नो अनुहारको छाला किन चाउरिँदै छ भन्ने पत्ता लगाउन छाला रोग विशेषज्ञ चिकित्सकलाई जचाउँदा राम्रो हुन्छ । चिल्लो छाला हुनेहरूले क्रिम र लोसन बढी प्रयोग गर्नु हुन्न ।
छाला चाउरी परेको हटाउने उपायहरु:
१.अनुहारको छालालाई घामबाट जोगाउन जेलमा पाइने सनब्लक क्रिम प्रयोग गर्नुपर्छ ।
२. छाला चाउरी पर्यो भनेर चिन्ता गर्दा अझ बढी चाउरी पर्ने सम्भावना हुन्छ । त्यसैले चिन्ता लिनु हुँदैन ।
३.। चाउरी परेको छालाका लागि भिटामिन सी एन्टी अक्सिडेन्ट सिरम हरेक दिन अनुहारमा लगाउनाले पनि फाइदा गर्छ ।
४.मल्हम– विभिन्न मल्हमहरूले केही हदसम्म काम चाउरीपनालाई कम गर्छ । तर असर देखिँदैन । असर देखिनका लागि १–२ वर्ष नियमित प्रयोग गर्नुपर्ने हुनसक्छ । यद्यपि मल्हमहरूले पिलिङ या लेजरजति काम गर्दैनन् ।
५.पिलिङ– रसायनको माध्यमबाट गरिने यस उपचारले छालाको काँचुली फेर्न सहयोग गर्छ । चाउरी तथा पोतोमा यसको विशेष भूमिका छ । यो महिनाको एकपटक गरिन्छ र त्यति महँगो हुँदैन ।
६.लेजर– कृत्रिम किरणको सहायताले कोल्याजन बनाउँने क्रम बढाइन्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु