
दैनिक बिहान स्याउ खानुहोस्:
स्याउ बिहानको समयमा खाँदा यसले स्वास्थ्यमा सकारात्मक असर पु¥याउँन । यसमा पेक्टिन नामको तत्व पाइन्छ जसले रक्तचाप र कोलेस्ट्रोल घटाउने गर्दछ । यदि स्याउ राती खानुहुन्छ भने पेक्टिनलाई पचाउन समस्या हुन्छ जसले एसिडिटिको समस्या हुनसक्छ ।
लञ्चपछि खानुहोस् केरा:
केरालाई लञ्च पनि खानुहोस् । यसले शरिरको प्रतिरोधी क्षमतालाई वृद्धि गर्दछ । केरा राती खाँदा पच्न समस्या हुने गर्दछ ।
आलु बिहान खानुहोस्:
आलू वा यसबाट बनेका खानेकुरा सकेसम्म बिहानको नाश्तामा खानुहोस् । आलुमा अत्यधिक क्यालोरी हुने भएकाले राती खाँदा तौल बढ्ने गर्दछ ।
सुत्नुअघि दुध पिउनुहोस्:
सुत्नुअघि दुध पिउँदा स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मिठो निन्द्रा पनि लाग्ने गर्दछ । यद्यपी, तपाईं यदि बिहान जिम वा व्यायाम गर्नुहुन्छ भने यसलाई बिहान पनि पिउनसक्नुहुन्छ ।
फलफूल खाने तरिका थाहा पाउनुहोस्:
सही समयमा फलफूल खानु त पर्छ नै, सही तरिकाले खानु पनि उत्तिकै जरूरी छ । फलफूललाई सलादका रूपमा खाँदा बढी फाइदा हुन्छ ।
दहीसँग वा नूनसँग फलफूल खाँदा गजब हुन्छ तर एसिडिटीको समस्या छ भने चाहिँ सलाद खानुहुँदैन । बिहान खाली पेट फलफूल खाने सबभन्दा सही समय हो ।
शरीरलाई कुनै पनि आहारको पोषक तत्त्व पचाउनका लागि एन्जाइम आवश्यकता हुन्छ । खाली पेटमा फलफूल खाँदा शरीरका एन्जाइमले फलका पोषक तत्त्व सजिलै पचाउँछन् ।
खाना खानेबित्तिकै फलफूल खानुहुँदैन । भरिएको पेटमा फलफूल खाँदा पच्दैन । पेट पोल्ने, अपच, भारी हुने जस्ता समस्या यसबाट आइलाग्छन् । त्यसैले खाना खाएको तीन घन्टापछि मात्र फलफूल खानुपर्छ ।
पोषणविद्हरूका अनुसार बिहान खाली पेटमा अनि दिउँसो ब्रेकफास्ट र लन्चका बीचमा फलफूल खाँदा सबभन्दा बढी फाइदा हुन्छ ।
बच्चाहरू प्रायः फल खान किचकिच गर्छन् । त्यसैले बच्चाहरूलाई फलफूलको जुस पिलाउनु उपयुक्त हुन्छ ।
उनीहरूलाई जुस स्वादिलो लाग्छ अनि त्यसमा भएका पौष्टिक तत्त्व पनि उनीहरूले प्राप्त गर्छन् ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु