लोकसेवा आयोगले माग्यो ७६८ जना अधिकृत (सूचनासहित)

नारीकोसिस डटकम/मंसिर २६, काठमाडौं लोकसेवा आयोगले एक हजार ८१ जना शाखा अधिकृतका लागि विज्ञापन खुलाएको छ ।
आयोगको नियमित कार्यतालिका अनुसार (बुधबार) गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गर्दै खुल्ला तथा बढुवातर्फ गरी विज्ञापन प्रकाशित गरेको हो ।
न्याय सेवा अप्राविधिकको लागि १३६ जना माग गरिएको छ भने महिला ३७, आदिवासी जनजाती ३०, मधेसी ३०, दलित ११, अपांग ६ र पिछडिएको बर्ग ५ जना माग गरिएको छ ।
यसैगरी प्रशासन, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसदतर्फका विभिन्न सेवा तथा समूहमा खुलातर्फ २८३ जना अधिकृत माग गरिएको छ ।
यस्तै महिला ७७, आदिबासी जनजाती ६१, मधेसी ५१, दलित २०, अपाङ्ग ११ र पिछडिएको क्षेत्रबाट १० जना माग गरिएको छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले पुस १५ गतेभित्र आवेदन दिनुपर्नेछ भने दोब्बर दस्तुर तिरेर पुस २२ गतेभित्र पनि आवेदन दिन सकिने आयोगले जनाएको छ । आवेदन अनलाइनमार्फत दिनुपर्नेछ ।
तपाईको प्रतिक्रिया