
नारीकोसिस डटकम । साना बच्चाहरूलाई तोरीको तेल लगाएर बिस्तारै मसाज गर्दा उनीहरूको शरीरको पीडा कम हुने एक अध्ययनले देखाएको छ ।
साना बच्चाहरूको टाउको, निधार, पिट्ठ्यूँ, छाती, पेटसहितका भागमा हातमा तेल दलेर बिस्तारै हातले थपथपाउँदा उनीहरूको मस्तिष्कमा पीडाको सञ्चार गर्ने गतिविधि कम हुन गइ उनीहरूमा भएको शरीरको दुखाइको अनुभव पनि कम हुँदैजाने अध्ययनमा देखिएको हो ।
अक्सफोर्ड विश्वविद्यालय र लिभरपुल जोन मोरिस विश्वविद्यालयले अनुसन्धान गर्ने क्रममा ३२ जना १ देखि ४ वर्षसम्मको बच्चाको परीक्षणका लागि रगत लिने क्रममा उनीहरुको मस्तिष्कको गतिविधिको बारेमा अध्ययन गरेको हो । करेन्ट बायोलोजीमा प्रकाशित गरिएको उक्त अध्ययन अनुसार आधा बच्चालाई निधार, टाउको, ढाड, पेटमा नरम ब्रस तथा हातले बिस्तारै मसाज गरेको वा थपथपाइएको थियो भने आधा शिशुलाई केही पनि गरिएको थिएन ।
अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययनका अनुसन्धानकर्ता प्राध्यापक रिबेका स्लेटरका अनुसार शिशुमा गरिएको छुवाइ वा हुलुका मजासले उनीहरुको शरीरमा कुनै पनि प्रकारको ‘साइड इफेक्ट’ देखिएको छैन । र, बिस्तारै गरेको मसाज तथा उनीहरुको जिउलाई सुम्सुम्याउने गर्दा बच्चाहरुको शरीरको पीडा कम गर्ने औषधिको जस्तै काम गरेको हुन्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु