
नारीकोसिस डटकम/५ चैत, काठमाडौं । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैध रूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई पक्राउ गरेको छ ।
कार्यालयले विदेश लैजानका लागि अन्तर्राष्ट्रिय उडान तर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राईलाई सोमबार साँझ पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेकामध्ये राउत र पटेलसँग रु १० लाख १५ हजार मूल्य पर्ने चार थान सुनको ठूलो बाला, केसी र राईसँग रु १७ लाख ४६ हजार मूल्य बराबरको पाँचथान सुनको ठूलो बाला, तीन मोबाइल र ल्यापटप बरामद गरेको छ ।
पक्राउ परेका चारै जनालाई सुन र सामानसहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु