
सन्तानले, यो संसार देख्नु अघि
सुन्दर भविश्य सजाउँने ती सपनामा टेक्नु अघि
आमाले नौ-नौ महिना आफ्नो कोखमा राखी
हरेक पीडा र यातना सहन्छीन
महिना चढ्दै गर्दा
आमाको पेटको आकार बढ्दै गर्दा
मेरी आमा
म धर्तिमा झर्दै गर्दा
तिम्रा पिडाहरु बडदै गर्दा
कति अप्ठ्यारो सहनु पर्यो होला
मेरो जन्ममा कति आँसु बगाउदै
रगतका धारामा
कति रहनु पर्यो होला
घरको जिम्मेवारी सम्हाल्दै
आफ्नो ख्याल राख्दै
धेरै दु:ख र खटन सहेकी आमा
घरको घर खर्च चलाउन
सबैको रहर अनि सपना सजाउन
सन्तानकोआगमन भन्दा पहिला
परदेश हिडेका बाबा
उता परदेशमा दिनरात नभनी
आफ्नो स्वास्थ्यको प्रवाह नगरी
तातो अरबको खाडीमा
आफ्ना रहरलाइ कुण्ठित पार्दै
चिसो सिडिमा
आधा पेट खाइ घर फर्कने दिन गन्दै बस्ने बाबा
तर आजदु:ख लाग्दछ, सन्तानका लागि तेत्रो अभाव
पीडा,चोट,वचन सहेर आफुसित धन नहुदा
साहु सित ऋण लिएर हरेक इच्छा,सपनाहरु पूरा गर्न
कहिले पछि नहटने आमा-बाबा
आधुनिकता बढे संगै, छोरछोरीहरुको जवानीको रङ्ग
चढे संगै, त्यो घर अचेल घर जस्तो छैन जस्को कारण
कति आमाबाबाहरु अचेल, गल्ली,सडक,पाटी,पौवा मन्दिरको
देवलहरुमा आफ्नो बूढो,अशक्त र कमजोर शरीर लिएर एक
एक मुठ्ठी सास बचाउन, गासको भिख माग्दैन छन कति आमा-बाबा ।।
अंशु कार्की
मकवानपुर
चैत ४ गते













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु