
घर धन्दा मेलापात गर्नु छ
दाजु र भाइलाई पठाउनु छ स्कुल
मिर्मेरे भालेको डाँकसगै उठेर
उक्लनु छ आधा कोषको डाँडाको उकालो
अनि लाम लाग्नु छ पानीको लागि
आएर भ्याउनु छ घरको सारा काम
किन भने म छोरी हुँ ।
अपरिचित घरलाई आफ्नो ठानेर
समाल्नु छ मैले सबैलाई समेटेर
घरलाई मन्दिर बनाउनु मेरो कर्तव्य हो
सासू , ससुरा र श्रीमान देवता मानी पुज्नु छ
देवर , जेठाजु नन्द र आमाजुलाई
मेरो प्राण भन्दा बडि महत्त्व दिनु छ
अनि घरलाइ स्वर्ग बनाउनु छ
किन भने म बुहारी हुँ ।।
जन्माउनु छ तिमिलाई यो धर्तीमा
परिचय दिलाउनु छ मानव जिवनको
आफू मेटेरै भए पनि तिमिलाई फुलाउनु छ
मल , जल र पानीले सेचन गर्दै
जोगाउनु छ तिमिलाईअनेकौं तरहले
हुर्काइ बडाइ फल फलफलाउन
योग्य बनाउनु छ
किन भने म आमा हुँ ।।
मेरो सारा श्रृङ्गार पनि
तिम्रै चित्तासगै खरानी बनाउनुछ
मैले जन्मदै लिएर आएको पहिरन
आज खोसिदिदै तिमिलाई नै सुम्पनु छ
अनि मलाई बिरुप बनाउनु छ
किन भने मलाई यो समाजले
उपहार स्वरुप दिएको छ
हे समाज म दिनप्रतिदिन
नाङ्गिदै गै रहेछु तेरै डरले
आज म कुरुप हुदै छु
अझ म माथि तलाइ के के गर्नु छ गर
तेरा सब कुकर्म म सहन सक्छु
किन भने म नारी हुँ ।।
कवियत्री : लिला माया ढकाल गौतम













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु