जातीय भेदभाव तथा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक दुई दिने तालिम सम्पन्न (भिडियोसहित)

नारीकोसिस डटकम/माघ २२, काठमाडौं ।कागेश्वरी मनोहरा नगरपालिकाद्वारा आयोजित जातीय भेदभाव तथा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक दुई दिने तालिम सम्पन्न भएको छ ।
सो कार्यक्रम सोही नगरपालिका वडा नं. ९ काँडाघारीमा बुधवार सम्पन्न भएको हो ।
तालिम २१ र २२ गते गरी दुईदिनसम्म सञ्चालित सो तालिममा कानुनविद् विदुर ढुङगानाले महिलासँग सम्बन्धित कानुनी व्यवस्थाहरुको विषयमा र नगरपालिका महिला शाखा प्रमुख सविना श्रेष्ठले मानव अधिकारसम्बन्धी महिलाहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
यसैगरी सिता अधिकारीले लिंङ्ग, लैङिगता, समता र समानता, जातिय भेदभाव विरुद्धको सामाजिक अभियान्ता रुकु रानापालले दलित अवधाराण जातिय व्यवस्था सम्बन्धी तालिममा सहभागी महिलाहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
नगरपालिकाले ९ वटै वडामा सो कार्यक्रम दिईरहेको छ ।
तालिममा वडा नं. ९ का स्थानीय महिलाहरुको सहभागीता रहेको थियो ।
तपाईको प्रतिक्रिया