
नारीकोसिस डटकम/चैत ११, काठमाडौं । महिला दिदिवहिनीहरु मात्रै अध्ययन-अध्यापन गराईरहेका नवजागरण महिला वैकल्पिक गृहिणि विद्यालय काँडाघारीले घरमा वा कुनै पनि स्थानमा आकसमिक आगलागी भएमा त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा आयोजना गरेका चेतनामूलक कार्यक्रम सोमवार सम्पन्न भएको छ ।
महिलाहरुलाई लक्षित गरी दिएको उक्त प्रयोगात्मक चेतनामूलक कार्यक्रममा एक सय जना महिलाहरुले सहभागीता जनाएका थिए ।
कार्यक्रममा आगो निभाउने यन्त्रले कसरी आगो निभाउने र आकसमिक ग्यास सिलिण्डरमा आगलागि भएमा तत्काल कसरी क्षति हुनवाट जोगाउने भन्ने विषयमा प्रयोगात्मक रुपमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा नेपाल उद्दार तथा अग्नि निवारकसंघ एरर्पोट महाशाका प्रमुख चिरन्जीवी भण्डारीले सो विषयमा सहभागीहरुलाई सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा प्रशिक्षित गराएका थिए । । उक्त कार्यक्रममा उत्साहजनक महिलाहरुले सहभागीता जनाएका थिए ।

महिलाहरु विशेष गरी घर तथा भान्छाकोठामा व्यस्त हुने भएकाले खाना पकाउने ग्यास सिलिण्डर पड्किन सक्ने सम्भावित जोखिमलाई कसरी व्यवस्थापन गर्ने र पड्किएमा वा आगलागी भएमा यसलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा महिलाहरुलाई सचेत गराउनुपर्ने भएकोले उनीहरुलाई यस विषयमा सचेत गराउन सो कार्यक्रम आयोजना गरेको विद्यालय प्रमुख सुशिला कडेलले बताइन् ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु