
नारीकोसिस डटकम/चैत १९, बुटवल । बुटवलको मैनाबगरमा भएको भारतीय नागरिक फिरोज खानको हत्यामा श्रीमती र साढु दाईको संलग्नता रहेको खुलेको छ ।
खान बुटवल उपमहानगरपालिका वडा नं १ मैनावगरस्थित ज्योति इन्जिनियरिङ वर्कसपमा १५ वर्षदेखि काम गर्दै आएका थिए । वर्कसपमा काम गर्ने ४३ वर्षका खानको हत्यामा ३० वर्षकी श्रीमती साइना खातुन र खातुनका भिनाजु भारतीय नागरिक कादिर अन्सारीको संलग्नता खुल्न आएको प्रहरीले जनाएको छ ।
अन्सारी र खातुन विगत केही वर्षदेखि सम्बन्धमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ । अन्सारीकी श्रीमतीको एक वर्षअघि मृत्यु भएपछि खातुनसंग उनको भेटघाट बाक्लिएको थियो । फिरोजलाई उनै अन्सारीको योजना र श्रीमती खातुनको सहमतिमा हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार फिरोजको बुटवल १ गढिटोलस्थिल आफ्नै डेरा अगाडि गोली हानेर हत्या हुँदा श्रीमती खातुन छोराहरुसँगै कोठाभित्र थिइन् । छोराहरुले बाहिर के को आवाज आयो हेर्न जाऔं भनेर निस्कन खोज्दा खातुनले बाहिर जान नदिएको प्रहरीसंग बताएपछि शंकाको सुई खातुनतिरै सोझिएको र उनीमाथि अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
खातुनले प्रहरीसँग दुई दिनसम्म भिनाजु अन्सारीको मोबाइल नम्बर आफूलाई थाहा नभएको बताएकी थिइन् । तर मोबाइलको कल डिटेल हेर्दा उनले अन्सारीसंग पहिले गरेको फोन रेकर्ड भने डिलिट गर्दै आएको बयानमा बताएकी प्रहरीले जानकारी दिएको छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु