
नारीकोसिस डटकम/वैशाख ९, डडेल्धुरा । दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह रहेको डडेल्धुरालाई साक्षर जिल्ला घोषणा गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले आइतबार डडेलधुरालाई साक्षरता जिल्ला घोषणा गरेका हुन् ।
साक्षर घोषणा भएको डडेल्धुरा देशको ५० औं जिल्ला हो । जिल्लामा १५ देखि ६० वर्ष उमेरको कुल जनसंख्या ८९ हजार ८ सय ८ रहेकोमा ८६ हजार ९ सय ३२ जना साक्षर रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।
१५ देखि ६० वर्षसम्मका नागरिकमध्ये ९६.८ प्रतिशत नागरिक साक्षर भएपछि जिल्लालाई साक्षरता जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकार्इ प्रमुख नारायणदत्त भट्टले बताए । उनका अनुसार जिल्लामा अझै २ हजार ८ सय ७६ जना निरक्षर छन् ।
आर्थिक, भौगोलिक विकटता र साँस्कृतिक कारणले बालबालिकाहरु विद्यालयमा आउन नसकिरहेको उनले औंल्याए । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन यी तीन वटा कारणलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने उनको तर्क थियो ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु