फेसनमा ध्यान दिनुपर्ने कुराहरु

नारीकोसिस डटकम । फेसन के हो भन्ने सन्र्दभमा एक भारतिय चर्चित फेसन डिजाइनरको डिजाइनर जवाफ छ , ‘फेसन त्यही हो, जुन तपाईंलाई सहज लाग्छ ।’ आफुलाई हिँड्न, बस्न, काम गर्न सहज हुने पहिरन नै फेसन हो । यस्तो पहिरनले तपाईंको आत्मविश्वास बढाउँछ । अर्थात पहिरनको कारण कुनै किसिमको झन्झट व्यहोर्नुपर्दैन ।
सामान्यतय धिकांश फेसन डिजाइनरको बुझाईमा के छ भने, झट्ट हेर्दा चिटिक्क देखिने । भिडमा अलग देखिने । सबैको आँखा पर्ने पहिरन नै फेसन हो । साथै विश्व बजारमा जस्तो शैली चलेको छ, त्यही शैलीलाई पच्छ्याउनु नै फेसन हो । तर, यी सबै परिभाषा र बुझाई आफैमा पूर्ण छैनन् । वास्तवमा फेसन के हो ? भन्ने वियषमा चर्चा गर्नेछौं ।
खासमा फेसन त्यही हो, जुन पहिरन आफूलाई सहज लाग्छ । हिँडडुल गर्दा, कार्यलयमा काम गर्दा व्यापार व्यवसाय गर्दा वा विशेष व्यक्तिहरुसँग भेटघागर्दा यी कार्यहरुमा सहभागी भईरहदा आफ्नो पहिरन एकदमै सहज र अनुकुल महसुष हुनपर्छ ।
त्यही कारण त फेसन विज्ञहरु भन्छन्, ‘फेसन यस्तो हुनुपर्छ, जो तपाईंलाई सहज हो । यसले तपाईंलाई शारीरिक वा मानसिक रुपमा असहज महसुष नगराओस् ।’
आफ्नो शरीर र काम अनुसार सहज हुने किसिमको पहिरन लगाउनुभयो भने तपाईंले अतिरिक्त झन्झट व्यहोर्नुपर्दैन । आफुले लगाएको पहिरन सहज लाग्छ । यसले गर्दा तपाईंको आत्मविश्वास पनि बढ्छ । वास्तवमा हामीले लगाएको पहिरनले हाम्रो आत्मविश्वास बढाउने काम पनि गर्नुपर्छ । असहज पहिरनमा तपाईं जतिसुकै चमकदमक देखिएपनि त्यसले तपाईंको आत्ममनोवल कमजोर बनाइरहेको हुन्छ ।
जबकी पहिरनले मान्छेको मनोवल पनि बढाउनुपर्छ । त्यसैले बजारमा चलेको वा स्टाइसिल देखिने चक्करमा भद्दा, असहज पहिरन लगाउन हुँदैन ।
फेसन भनेको समयानुकल हुनुपर्छ । जाडोको मौसममा तपाईंले त्यस्तो पहिरन शैली अपनाउनुपर्छ, जसले शरीरलाई न्यानो प्रदान गर्छ । स्टाइलिस एवं ग्ल्यामरस देखिने चक्करमा छोटो, पारदर्शी, खुला पहिरन लगाउनु हुँदैन ।
तपाईको प्रतिक्रिया