
नारीकोसिस डटकम/मंसिर १६, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालको चिकित्सकको टोलीले जटिल मानिएको घाटीको पछिल्लो भागमा रहेको ट्युमरको सफल शल्यक्रिया गरेको छ।
अस्पतालका न्यूरो सर्जन डा. राजीव शाहको नेतृत्वमा २५ वर्षीया महिलाको घाटीको पछिल्लो भागमा रहेको ट्युमरको सफल शल्यक्रिया गरेको हो।
उपचारको लागि सात महिनासम्म विभिन्न अस्पतालमा भौंतारिएकी उहाँ गएको साता भक्तपुर क्यान्सर अस्पतालमा आउनुभएको डा. शाहले जानकारी दिनुभयो। अस्पतालको अन्तरंग विभागमा आउनुभएकी उहाँको स्वास्थ्य परीक्षणको क्रममा उक्त ट्युमर अति रक्तस्राब हुने अवस्थामा रहेको उहाँको भनाइ थियो। डा. शाहले करिब पाँच घन्टा लगाएर उक्त ट्युमरको सफल शल्यक्रिया गरिएको बतानुभयो। शल्यक्रियामा न्यूरो विभागका डा. शाहसँगै डा. विशाल पोखरेल, टाउको तथा घाटी विभागका डा. विवेक खनाल, डा. रिजेन्द्र योगोल र एनेस्थेसिया विभागका डा. दीपेश धितालसहित नर्सहरुको टोली सहभागी भएको अस्पतालले जनाएको छ।
शल्यक्रिया बिरामीको अवस्था अहिले स्थिर रहेको न्यूरो सर्जन डा. शाहले जानकारी दिनुभयो। ‘शल्यक्रियापछि दुईदिन आईसीयूमा राखेर उपचार गरेका थियौं’, उहाँले भन्नुभयो, ‘अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर रहेकाले सामान्य वार्डमा सारेका छौं।’
उहाँका अनुसार शल्यक्रिया गरेर निकालिएको ट्युमरको नमुना परीक्षणको लागि प्रयोगशाला पठाइएको छ। उक्त परीक्षणको रिपोर्टको आधारमा क्यान्सर भए नभएको पुष्टि हुने उहाँको भनाइ थियो। क्यान्सर पुष्टि भए सोहीअनुसार उपचार गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ। अन्नपूर्ण पोष्ट्बाट













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु