
१५ बैशाख , काठमाण्डौं । दिपश्री क्रियटिभ मिडियाद्धारा आयोजित “खुशी बाँडे खुशी बढ्छ ” अभियान कार्यक्रम औपचारीक रुपमा उद्घाटन भएको छ । उक्त मिडियाले आइतबार कालिमाटिमा एक औपचारीक कार्यक्रम संचालनगरी सो अभियानको उद्घाटन गरेको हो । महिलाहरुलाई लक्षित गरी संचालन गर्न लागेको सो अभियानले महिलाहरुको क्षमताको विकासगरी आत्मा निर्भताको बाटो तर्फ उन्मूख गराउनु प्रमुख उदेश्य रहेको मिडियाका अध्यक्ष पुरुषोत्तम लामिछानेले बताए ।
समाजसेवी तथा उधोगपति सुमित केडियाले हामीले जीवनमा अघि बड्न हार मान्नु हुदैन र इच्छा शक्ति भयो भने हामी समस्या सँग लडेर अघि बडन सक्छौ भनि महिला दिदिबैनिहरुलाई आफनो क्षमताको विकास गरी अघि बड्न आग्रह गरे । यसैगरी कार्यक्रममा उषाका जापान नामक संस्थाका सदस्य डा.हिरोको साकाकाईले नेपालका महिलाहरु धेरै मेहनती र परिश्रमी भएको प्रशंसा गर्दै उनिहरुका लागि शिक्षा, स्वास्थ्थ र क्षमता मूलक तालिम दिई आत्मा निर्भर बनाउन सके विकासमा धेरै टेवा पुग्ने बताए ।

दिपश्री क्रियटिभ मिडियाले विगत दश वर्ष देखि महिलाहरुलाई विभिन्न किसिमका क्षमता मूलक तालिमहरु दिदै आइरहेको र सामाजिक काममा पनि उत्तिकै सहभागिता जनाइ थुप्रै उपलब्धीहरु हासिल गरेको साथै यस अभियानले महिलाहरुलाई आर्थिक रुपमा सवल हुन थप टेवा पुग्ने मिडियाका निर्देशक दिपक लामिछानेले वताए ।

उक्त कार्यक्रममा उषाका जापनका डा.हिरोका साकाई , प्रोफेसर डा. काजु ओनो र सोहि संस्थाका अध्यक्ष प्रकाश आचार्यलाई आर्थिक समृद्धिका लागि सामाजिक क्षेत्रमा अतुलनिय योगदान पुर्याए वापत सम्मानित पनि गरिएको थियो ।
राजु प्रसाद लामिछानेको अध्यक्षतामा संचालन गरेको उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित थिए ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो