
नारीकोसिस डटकम/वैशाख २४, बुटवल । बुटवलमा भूकम्पमापन यन्त्र जडान गरिएको छ । विद्यालय भूकम्प शिक्षा कार्यक्रम अन्तर्गत बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलमा भूकम्पमापन गर्ने उपकरण सिस्मोमिटर जडान गरिएको हो ।
देशभर २२ वटा विद्यालयमा यस्तो यन्त्र जडान गरिँदैछ । स्विजरल्याण्डको लुजान विश्व विद्यालय र विद्यालयमा भूकम्प शिक्षा कार्यक्रमले एक लाख रुपैयाँ मूल्य पर्ने सिस्मोमिटर विद्या लयलाई निःशुल्क उपलब्ध गराएका हुन् ।
सिस्मोमिटरले एक म्याग्निच्युटको भूकम्प ४० किलोमिटर आसपाससम्म, ४ म्याग्निच्युटको नेपालभर र ८ म्याग्निच्युटसम्मको भूकम्प विश्वभरको मापन गर्न सक्छ । यो उपकरणले दिने जानकारी मोबाइल एप्लिकेसनमार्फत पनि हेर्न सकिन्छ ।
सिस्मोमिटर जडान उद्घाटन गर्दै स्वीजरलयाण्डमा भूकम्प विज्ञानमा विद्यावारिधि गर्दै गरेका वैज्ञानिक एवं विद्यालयमा भूकम्प शिक्षा कार्यक्रमका अध्यक्ष शिव सुवेदीले अबको भूकम्प पश्चिम नेपालमा जुनसुकै बेला आउन सक्ने र ०७२ भन्दा अझ बढी शक्तिशाली आउने बताए । उनले भूकम्पलाई कसैले रोक्न नसक्ने स्पष्ट पार्दै यसको जोखिमबाट बच्न सजगता अपनाउनुको विकल्प नभएको बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भूकम्पको जोखिमबाट बच्न जनचेतना फैलाउन जरुरी रहेको बताए । न्यू होराइजनका प्राचार्य लोकनाथ उपाध्यायले भूकम्पमापन यन्त्र जडान र यसले जानकारीबारे बुझाउन ४ जना शिक्षक–शिक्षिकालाई तालिम दिइएको र समुदायमा सचेतना फैलाउने बताए । (अनलाइनखबर)













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु