
नारीकोसिस डटकम/जेठ ६, काठमाडौं । रोजगारीको आश्वासन दिएर अवैध रुपमा लिविया पुर्याइएका १५ नेपालीको ट्रिपोलीबाट उद्धार गरिएको छ ।
डर त्रास देखाएर काममा लगाएको र नेपाल फर्कन खोज्दा राहदानी नदिएका कामदारहरूलाई उद्धार गरेर अन्तराष्ट्रिय श्रम संगठन (आइओएम) मा राखिएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।
उद्धार हुनेहरूमा पूर्णबहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, बुद्धिबहादुर क्षेत्री अधिकारी, कृष्ण कोइराला, राजु विश्वकर्मा, गुप्तबहादुर बिक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, प्रकाश विश्वकर्मा, अजयकुमार चौधरी र मनोहर कार्की छन् ।
दूतावासका अनुसार, सबै कामदारलाई शरण दिइरहेको आइओएमले नै नेपाल फर्कने हवाई टिकटको प्रबन्धसमेत गर्ने भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु