
नेपालीहरुको दोस्रो ठूलो चार्ड तिहार आउँदैछ । यस चार्डमा सबैभन्दा धेरै प्रयोग हुने सेलरोटी हो भने दोस्रोमा भाइमसला हो । भाइमसला स्वास्थ्यको हिसाबले एकदमै पौष्टिकताले भरिपूर्ण खानेकुराहरुको संग्रह हो । यही भाइमसला मध्येको एकदमै स्वास्थ्यबर्द्धक खानेकुरा हो ओखर ।
ओखरले हाम्रो दिमागको बृत्तिविकासका लागि महत्वपूर्ण योगदान गर्छ भनिन्छ । यति मात्रै नभएर हाम्रो सम्पूर्ण शारीरिक एवं मानसिक स्वास्थ्यको लागि यो अति उपयोगी मानिएको छ । यदि हामीले दैनिक रुपमा केवल ४ वटा ओखर मात्रै खाने गर्यौं भने यसले हाम्रो शरीरमा हुने कैयौं किसिमका रोगहरुलाई भगाउन मद्दत गर्दछ । दुनियाँका ११ देशको ५५ वटाभन्दा धेरै विश्वविद्यालयहरुले गरेको अध्ययनले धेरै ओखर खाने मानिसहरुको शरीरमा आवश्यक पर्ने फाइबर, प्रोटिन, भिटामिन, म्याग्नेसियम, फस्फोरस र ओमेगा ३ जस्ता कयौं न्यूटि्रसनहरु पर्याप्त मात्रामा प्राप्त हुने जनाएको छ ।
क्यान्सर, मोटोपन र मधुमेह जस्तो बिरामीबाट टाढा हुन्छ
दैनिक ४ वटा ओखर नियमित खाने मानिसहरुमा क्यान्सर, मोटोपन, मधुमेह जस्ता रोगहरुको साथसाथ तौल घट्ने समस्या पनि समाधान हुने गर्छ । ओखर खानुले संज्ञात्मक क्षमता, प्रजनन् क्षमता र जीवनशैली सम्बन्धी अन्य समस्याहरु समाधान हुन्छ । क्यालिफोर्नियाको ओखर आयोगका स्वास्थ्य अनुसन्धान निर्देशक क्यारोल वर्ग स्लोआनले ओखर पोषक तत्वको केन्द्र रहेको र यो स्वास्थ्यको लागि फाइदाजनक रहेको बताएका छन् ।
त्यसैले विदेशीहरुले ओखरलाई पावर फुडको नाम समेत लिने गरेका छन् । किनकी यो स्टामिना बढाउनको लागि मद्दतदायक हुने गर्दछ । यसलाई ब्रेन फुड पनि भन्ने गरिन्छ । एक अमेरिकी संस्थानले एक अध्ययनको क्रममा यसमा भिटामिन-ई, ओमेगा-३, फ्याट एसिड, एन्टिअक्सिडेन्टको लागि समेत राम्रो स्रोत हुने उल्लेख गरिएको छ ।
निद्रा नआउने समस्याको हुन्छ समस्या
मेलाटोनिन नामक हर्माेन हाम्रो निद्राको लागि उत्तरदायी छ । यही मेलाटोनिन ओखरमा पाइन्छ । यस्तो अवस्थामा जतिबेला निद्रा नआउने समस्या हुन्छ । यस्तो अवस्थामा ओखर खानुपर्ने जानकारहरु बताउँछन् ।
डाइटिङ गर्नेहरको लागि फाइदाजनक
स्वास्थ्यलाई फिट राख्नको लागि नियमित डाइटिङ गर्नेहरुको लागि पनि यो फाइदाजनक मानिन्छ । डाइटिङ गर्नेहरुको लागि आवश्यक पर्ने सबै किसिमका पौष्टिक तत्वहरु यसमा पाइने भएकोले पनि डाइटिङ गर्नेहरुको लागि यो फाइदाजनक मानिन्छ । यसमा प्रचुर मात्रामा प्रोटिन पाइने भएकोले यो डाइटिङ गर्नेहरुको लागि फाइदाजनक मानिएको हो । यसले शरीरमा शक्ति प्रदान गर्न पनि मद्दत गर्दछ ।
ओखरमा एन्टिअक्सिडेन्टको मात्रा भरपुर हुने गर्दछ । त्यसले शरीरको लागि आवश्यक पर्ने ओमेगा-३ एसिडको मात्रा पनि प्रचुर गराउने गर्छ । यसले शरीरलाई चाहिने सबै किसिमको सन्तुलन प्रदान गर्ने गर्दछ । स्वस्थ ओखर हृदयको रोगबाट बचाउने गर्दछ । ओखरलाई कुनै पनि चिल्लो पदार्थ बिना नै त्यसै खाने गर्नुपर्छ । यसले हृदय रोगबाट बचाउँछ । उच्च रक्तचापको मूल कारण भनेको धेरै तनाव लिनु हो । यही तनाव कम गरेर यसले रक्तचापको समस्यालाई समेत रोक्ने गर्दछ ।
कोलेस्टोल हुन्छ कम
ओखरमा ओमेगा-३ भएको कारण उपस्थिति नै शरीरमा कोलेस्ट्रोलको स्तरलाई कम गराउन सहयोग गर्ने गर्दछ । यसका अलावा पित्ताशयलाई ठिक राख्नको लागि सुचारु रुपले कार्य गर्न पनि मद्दत गर्छ ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो