
नारीकोसिस डटकम । अहिले काफल पाक्ने मौसम हो । काफललाई आयुर्वेदमा यसलाई काठ फल पनि भनिन्छ । समुद्र सतहदेखिको ८००–२१०० मिटर उचाइमा पाइने यो अत्यन्त स्वादिष्ट जंगली फल हो ।
आयुर्वेदमा यसको एन्टी( आज्माटिक र ब्रोक्काइटिस प्रभाव रहेको बताइन्छ । वैज्ञानिक अध्ययनले पनि यसलाई पुष्टि गरेको छ । काफलको बोक्रामा पाइने एन्टीसेप्टिक कफ र ज्वरो नियन्त्रणमा लाभदायिक मानिन्छ । यसमा एन्टी एलर्जिक गुण रहेको एक अध्ययनले देखाएको छ । हेर्दा रास्बेली जस्तो देखिने काफल पोलिफेनल, एन्टी अक्सिडेन्टको धनी फल हो । यसको बोक्रा पेटको क्यान्सर, ज्वरो, रक्तअल्पता, मुख सम्बन्धि रोग, कफ आदि समस्याको निदानमा लाभदायिक हुने बताइएको छ ।
पश्चिमि मुलुकहरुमा बेरीहरु जस्तै ब्लुबेरी, रास्वेरीको स्वास्थ्यलाभ बारे धेरै वैज्ञानिक अध्ययन, अनुसन्धान हुदै छन् । नेपाली जगंलमा फल्ने काफलको औषधिय गुणबारे अझ बढि वैज्ञानिक अध्ययन जरुरी छ । व्यवसायिक खेती गरी काफलको फल बजारमा सर्वसुलभ गराउन सके देशको अर्थतन्त्र र जनताको स्वास्थ्य दुबै सबल हुन सक्छ ।
(जीवनकुमार प्रसाईको पुस्तक वरिपरि नै सर्वोपरिबाट)













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु