फ्रेडरिक् निज्चका प्रसिद्ध भनाईहरु

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
फ्रेडरिक् निज्चका प्रसिद्ध भनाईहरु

Share

फ्रेडरिक् निज्च प्रसिद्ध दार्शनिक, कवि, लेखक, विश्लेषक तथा समाजसेवी हुन् । जर्मनीका नागरिक उनको जन्म १५ अक्टोवर १८४४ मा भएको थिायो भने १५ अगष्ट १९०० मा उनको जिधन भएको हो ।

१. जुन कुराले हामीलाई मार्दैन, त्यसले हामीलाई बलियो बनाउँछ ।

२. तिमी भित्रको आगोमा पहिले तिमी आफू जल्न तयार बन ।

३. रमाएर जिउन सिक । यो रिहर्सल होइन ।

४. संसारमा दुई किसिमका मान्छे हुन्छन्, एकथरी जसले बुझ्न चाहान्छन् र अर्कोथरी जो विश्वास गरेर बस्छन् ।

५. जबसम्म सबै मान्छेले तिमिलाई माया र प्रशंसा गर्छन् सम्झ कि त्यतिबेलासम्म तिमी आफ्नो बाटोमा होईन अरु कसैको बाटोमा हिंडेका छौं ।

६. जुन रुख स्वर्गतिर बढिरहेको हुन्छ, त्यो रुखको जरा नर्कतिर हुर्किएको हुन्छ ।

७. तिमीसंग तिम्रो तरिका हुन्छ र मसँग मेरो तरिका हुन्छ । सहि तरिका गलत तरिका, एउटा मात्र तरिका भन्ने हुदैन ।

८. जुन व्यक्तिसम्म संगीतको आवज पुगेको छैन, उसलाई त्यो संगीतमा नाचिरहेको व्यक्ति पागल लाग्छ ।

तपाईको प्रतिक्रिया