
नारीकोसिस डटकम/मंसिर १०, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका दिन पशुपति क्षेत्रमा छरिएको शतवीज उठाउन शुरु गरेको छ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने बालाचतुर्दशीका अवसरमा सोमबार बिहान पशुपति क्षेत्रका मृगस्थली, विश्वरुप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाट, वनकालीलगायत क्षेत्रमा बिहानैदेखि शतबीज छरिएको थियो।
हेमाद्रिलगायत धर्मशास्त्रका पुस्तकमा धानको सय गेडा छर्ने विधि भए पनि हाल मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रुपमा छरिन्छ। पहिले जंगल हुने पशुपति क्षेत्रमा हाल पक्की संरचना बनेपछि शतबीज उम्रन पाउँदैन।
पक्की संरचनामा शतबीजले नराम्रो देखिने भएकाले उठाउनु परेको कोषले जनाएको छ। पशुपति क्षेत्रमा निरन्तर आन्तरिक एवं बाह्य पर्यटक आउने भएकाले मुख्य मुख्य ठाउँमा छरिएको शतबीज उठाउन शुरु गरिएको कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले जानकारी दिन्भयो।
आज मध्याह्नसम्म रुद्रगाडेश्वरसहित मूलमन्दिर क्षेत्रको शतबीज उठाइसकिएको छ। आजसम्ममा मुख्य मुख्य स्थानको उठाइसकिने कोषले जनाएको छ। पशुपति क्षेत्रभर छरिएका शतबीज उठाउन तीन दिन लाग्ने उहाँले सुनाउनुभयो।
शतबीज उठाउन कोषको नेतृत्वमा नेपाली सेनाको कालीदल गण, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गणलगायत सामाजिक संस्थाको सहभागिता छ। रासस













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु