
नारीकोसिस डटकम जेठ ७, दाङ । दाङको राजपुर गाउँपालिकाले सुत्के रीलाई एम्बुलेन्स सेवा निःशुल्क गरेको छ । जिल्लाको विकट क्षेत्र मानिने राजपुरमा घरमै बच्चा जन्माउने प्रचलन अझै नहटेकाले सुत्केरीलाई स्वास्थ्य संस्थामा पुग्न प्रोत्साहन गर्न निःशुल्क गर्न थालिएको गाउँपालिका अध्यक्ष लोकराज केसीले बताउनुभयो ।
“अझै पनि घरमै बच्चा जन्माउने चलन रहेकाले यसलाई न्यूनीकरण गर्न हामीले सुत्केरीलाई ल्याउन घरसम्मै एम्बुलेन्स पु¥याउने व्यवस्था गरेका हौँ,” उहाँले भन्नुभयो ।
अध्यक्ष केसीका अनुसार स्थानीय स्वास्थ्य चौकीमा सेवा लिन आउने र जानेका साथै बाहिर जिल्लासम्म लैजानका लागि पनि एम्बुलेन्स निःशुल्क गरिएको उहाँको भनाइ थियो । घरमै सुत्केरी हुँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्ने भएकाले यस्तो कार्य शुरु गरिएको उहाँको भनाइ थियो । उक्त गाउँपालिका मातृशिशु मृत्युदर उच्च रहेको क्षेत्र हो ।
सो गाउँपालिकामा रहेका दुईवटा स्वास्थ्य संस्थामा यस वर्ष २२६ ले बच्चा जन्माएकामा ४९ एम्बुलेन्समार्फत सुविधासम्पन्न अस्पतालमा पठाइएको थियो । राजपुर स्वास्थ्य चौकीमा अहिले सम्म १३३ र बे ला स्वास्थ्य चौकीमा ९३ जनाले बच्चा जन्माएका थिए ।
गाउँपालिकाले एम्बुले न्स सेवा निःशुल्क गरे पनि यो सेवा उपभोग गर्नबाट विकट बस्तीका नागरिक भने अझै बञ्चित छन् । मैले पनि सिटामोलका लागि पनि तीन घण्टा पैदल हिँडेर सामुदायिक स्वास्थ्य एकाइ जानुपर्ने अवस्था रहेको स्थानीयवासीले गुनासो गरे । रासस













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु