
नारीकोसिस डटकम/जेठ २४, अस्ट्रेलिया । विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र को भवन निर्माणको लागि सहयोग संकलन गर्न अष्ट्रेलियाको संयोजन र सहकार्यमा सामाजिक अभियान्ता तथा एस.एस.डी.आर.सी.को अध्यक्ष सबिता उप्रेती करिब एक महिनाको अष्ट्रेलिया भ्रमणमा हुनुहुन्छ । डार्विन र ब्रीसबेनमा च्यारिटी डिनर विथ सबिता उप्रेती कार्यक्रम भब्यताका साथ सकिएको छ । उक्त कार्यक्रममा सबिताले आफ्नु सामाजिक कार्य ,संस्था र भवनको प्रोजेक्टको बारेमा प्रस्तुतिकरण र अन्तर्कृया गर्नुभएको थियो ।
सबिताको अटिजम बालबालिकाको सेवा प्रतिको लगाव र समर्पण सहित संस्थाको काम र भावी उदेश्यको बारेमा प्रभावित भई डार्विन र ब्रीसबेनका नेपालीहरुले खुलेर प्रसंशा गर्दै मन खोलेर सहयोग गरेका छन् । एनआरएनए एनटि एससीसी डार्विनमा १६००० अष्ट्रेलियन डलर संकलन भएको छ । ब्रीसबेनमा संकलन हुँदै छ भने एडिलेटमा जुन ९ र सिड्नीमा जुन १० मा कार्यक्रम रहेको छ । एस.एस.डी.आर.सी.को आफ्नै भवन निर्माण गरि अटिजम भएका बालबालिकाहरुलाई अपांगता मैत्री भवन निमार्ण गर्न सविता उप्रेतीले सम्पुर्ण नेपालीहरुलाई एउटा इटा थपेर सहयोग गरि यो पुन्य काममा सरिक हुन अपिल गरेकी छन ।
एस.एस.डी.आर.सी.को नेपालमा बिगत ९ वर्ष देखि अटिजम भएका बालबालिकाहरुको शिक्षा ,स्वास्थ्य र पुनर्स्थापनामा साथै जनचेतना र पैरवीमा सक्रिय रुपमा काम गरिरहेको विशुद्ध सामाजिक संस्था हो । नियमित दाताको सहयोग बिना संचालित यस संस्थामा हाल ४५ जना वालवालिकाहरुले सेवा प्राप्त गरिरहेका छन भने २६ जना कर्मचारीहरु लगायत साइकोलोजिष्ट, फिजियो थेरापिष्ट, स्पीच थेरापिष्ट र डाक्टरहरु सेवामा कार्यरत रहेका छन । नियमित स्रोत, साधन र भौतिक पुर्वधारको अभावको कारण धेरै बालबालिकाहरु भर्नाको लागि वोइटिन लिस्टमा छन ।
सबिता उप्रेती समाज कल्याण परिषदको राष्ट्रिय अपांगकोषको शारीरिक पुनर्स्थापना केन्द्रमा केन्द्र व्यवस्थापन अधिकृतको रुपमा काम गर्दा फिल्डमा जाने क्रममा नेपालको विभिन्न ठाउमा अटिजम भएका बालबालिकाहरुलाइ थुनेर बाधेर राखेको नाजुक अवस्था देखे पछी आफ्नु जागिर छोडेर मेरो बिबाहमा लाग्ने खर्च र उपहारको खर्च अहिले दिनुस भनेर विवाह नगरी ५ लाख जम्मा गरेर २ जना बालबालिकाबाट २०६७ सालमा स्थापना गरि आफ्नु व्यक्तिगत स्वार्थ त्यागेर अटिजम बालबालिकाहरुको सेवामा समर्पित छन । आजको युवामा माझ छुट्टै पहिचान बनाउन सफल सविता र एसएसडिआरसी (SSDRC ) ले २ वटा अन्तर्राष्ट्रिय र दर्जनौ राष्ट्रिय सम्मान र पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।
















समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु