
निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनको निष्कर्षमा हरेक रात पर्याप्त सुत्न सवैलाई सुझाव दिइएको छ ।
निद्रा पुरा नभएकाले मानसिक समस्या देखिएकाहरु मध्ये २१ प्रतिशतमा तनावको समस्या, २४ प्रतिशतमा निराशको समस्या, २४ प्रतिशतमा रिसाउने समस्या, २५ प्रतिशतमा कुन्ठा, २५ प्रतिशतमा महत्वकांक्षा, २८ प्रतिशतमा काम गर्न समस्या र २८ प्रतिशतमा आत्महत्याको समस्या देखिन सक्ने अध्ययनकर्ताहरुको भनाई छ ।
अनिन्द्रकै कारण कति धेरै समस्या सृजना हुदो रहेछ भन्ने कुरा यो अध्ययनले आश्चर्य नै पर्नेगरी देखाएको उनीहरुको भनाई छ । अध्ययनको नेतृत्व गर्नु भएका लेखक थे राम्सेयले क्याम्पस तहका विद्यार्थीहरुमा यसले बढी प्रभावित पारेको बताए ।
उनका अनुसार सन् २०११ देखि २०१४ सम्म गरेको अध्ययनले यस्तो देखाएको हो । उनले अध्ययनमा एक लाख १० हजार ४९६ जना सहभागी भएको जानकारी दिए । (एजेन्सीको सहयोगमा)













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु