
नारीकोसिस डटकम/जेठ २८, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले न्यायिक समिति तथा महिला सदस्यहरुलाई क्षमता विकास तालिम आयोजना गरेको छ ।
महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाले सो तालिम आयोजना गरिएको हो । सो तालिम जेठ २७ गते सोमबार र जेठ २८ गते मंगलबार गरी २ दिन सम्म चल्नेछ ।
सोमवारदेखि सुरु भएको सो तालिमको उद्घाटन सोही नगरपालिका वडा नं ५ थलीमा नगर प्रमुख कृष्णहरी थापाले गर्नुभएको हो ।
नगर प्रमुख थापाले स्थानीय सरकार प्रदेश सरकार र संघिय सरकार प्रदेश र संघिय सरकार भन्दा पनि स्थानीय सरकार सबै भन्दा जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकार भएकोले हाल न्यायिक समिति पनि कानुनले व्यवस्था गरे अनुरुप संयोजक नै उप-प्रमुख रहेको जानकारी गराउदै समितिमा एक जना निर्वाचित कानुनविद पनि रहेकोले कार्य सम्पादनमा सहज भएको बताउनुभयो ।
साथै उहाँले न्यायिक समिति तथा महिला सदस्यहरुलाई कानुनको ज्ञान दिई उनीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै तालिममबाट हाँसिल गरेका ज्ञानलाइ व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नुभयो ।
नगर उप-प्रमुख विन्दु पुडासैनी सिंखडाले न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने बताउनुभएको छ । साथै उहाँले छिटो, सस्तो र सहज न्याय पाउने आशामा ‘स्थानीय न्यायिक समिति’ मा विवादित विषयहरू आउने बताउदै स्थानीय तहले पनि आफ्नो जिम्मेवारी अनुसार स्थानीयस्तरबाट न्याय दिने प्रयासमा रहेको हुँदा न्यायिक समिति सदस्यहरुलाई यस्ता प्रकारका तालिमले थप दक्ष बनाउने बिश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा न्यायिक समिति सदस्य अष्टलाल श्रेष्ठ, कागेश्वरी मनोहरा नगरपालिका कार्यपालिका सदस्यहरु कागेश्वरी मनोहरा नगरपालिका न्यायिक शाखा प्रमुख, न्यायिक समिति सदस्यहरु महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी सहायक निरीक्षक पिताम्बर पराजुली लगायत कर्मचारीहरुको उपस्थित थिए ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु