सक्रिय साहित्य सर्जक सुनिता बस्नेत थापाको एकै साथ गीति एल्बम ‘सुरबी ’ र ‘ विम्ब ’ लोकार्पण

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
सक्रिय साहित्य सर्जक सुनिता बस्नेत थापाको एकै साथ गीति एल्बम ‘सुरबी ’ र ‘ विम्ब ’ लोकार्पण

Share

नारीकोसिस डटकम /माघ ४, काठमाडौं। अमेरीकाको टेक्साास शहरको ड्यालसमा सक्रिय साहित्य सर्जकका रुपमा परिचित रहनुभएकी सुनिता बस्नेत थापाको शुक्रबार काठमाडौमा  गुञ्जन ( नारी साहित्य संस्था ) र शुभकामना मिडिया द्धारा एक औपचारीक कार्यक्रम आयोजना गरी  एकै साथ गीति एल्बम ‘सुरबी ’ र ‘ विम्ब ’ कविता संग्रह  लोकार्पण गरिएको छ ।उक्त कार्यक्रममको लोकार्पण बरिष्ठ साहित्यकार तथा गीतकार प्रा .डा .कृष्णहरि बरालले गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै साहित्यकार बरालले सर्जक थापाका कृतिले महिलाका भावना र अनुभूतिलाई प्रतिनिधित्व गर्दै देश प्रेमलाई पनि समेटेको बताउनु भयो ।

उक्त साहित्य सिर्जनामा कवियत्रि तथा गीतकार सुनिता बस्नेत थापाले स्वर्गिय बुबाको अत्यन्तै धेरै हौसला र प्रेरणा रहेकोले त्यो साहित्यक यात्रालाइ मूर्त रुप दिई बुबाकै स्मृति र आफना सन्ततीलाई देश प्रेमको नैतिक पाठ सिकाउन यी दुई ‘ विम्ब ‘र ‘सुरबी ‘ लोकार्पण गरिएको बताउनु भयो । साथै यी दुबै कृतिबाट भएको आय आर्जन आफ्नो लगानी कटाएर सामाजिक सेवामा आफनो माता पिताको नामबाट समर्पण गर्ने बताउनु भयो ।

सुरबी एल्बममा मेलिना राई, शिव परियार, अस्मिता अधिकारी, वानिका प्रधान र विश्व नेपालीको स्वर रहेको छ । यो एल्बमा सुनिल मास्केको २ वटा गीतमा संगित रहेको छ भने सांगितिक यात्रामा उहाको करिव २७ बर्ष पछि पून:आगमन भएको छ । एल्बममा प्रदीप श्रेष्ठको एरेन्ज रहेको छ । एल्बममा समावेश गीत मध्ये तिमीलाई भेटन बोलको गीतको म्युजिक भीडियो पनि निर्माण भएको छ ।

यस कविता संग्रहमा उहाँका चर्चित कविता तथा लेखहरुमा मेरो रजस्वला, दुर्गा, दशैको आशिष, चिचिला, गर्भ रुन्छ, आह्वान, भित्तेपात्रो, मेरो सेतो सारी ,दुर्गाहरु, विदेशिएको म रहेका छन्।

उहाँको चिचिला कविताले हालै अन्तराष्ट्रीय नेपाली साहित्य समाज डालस शाखा टेक्ससद्वारा आयोजित १११ औं लक्ष्मी जयन्ती एवं पुष्पराज भूप कुमारी साहित्य पुरस्कार २०७६ को कवि गोष्टीमा पुरस्कृत समेत भएको थियो।

तपाईको प्रतिक्रिया