
नारीकोसिस डटकम । गर्मी मौसममा पसिना बढी आउने भएकाले शरीरमा पानीको मात्रा कम हुन सक्छ । त्यसो नहोस् भन्नका लागि झोल पदार्थ प्रशस्त खानुपर्छ। पानी पर्याप्त पिएनौ भने स्वास्थ्यमा असर पर्छ साथै छाला फुस्रो र फुंग उडेजस्तो हुन्छ। त्यसैले शरिरीरमा पानीको मात्रा बढाउन निम्नासार तरिकाहरु अपनाउनुहोस् ।
१. पानी खाइरहन मन लाग्दैन भने जुस, दही, लसी, कागतीपानी, सर्बत, नरिवलको पानी, तरकारी तथा गेडागुडीको सुप, फलफूल आदि खाएर शरीरमा पानीको आपूर्ति बढाउन सकिन्छ।
२. गर्मी मौसममा चिया, कफी सकेसम्म कम खाने। तर ग्रिन टीले गर्मीमा बढी लाभदायक हुन्छ।
३. गाजर, गोलभेँडा, पालक, काँक्रो, खरबुजा, मेवा, आँपजस्ता फलफूलमा क्यालोरी कम हुन्छ। त्यही भएर गर्मीमा यस्ता मौसमी फल खानु ज्यादै राम्रो हुन्छ। यसले एसिडिटीको समस्याबाट पनि मुक्ति दिन्छ।
४. गर्मी मौसममा दिउँसोतिर भोक लागेमा वा खाजाको रुपमा फलफूल, सलाद र सुप खान जोड दिनुपर्छ। यस्तो खानाले पेट पनि भरिन्छ र शरीरमा अनावश्यक बोसो पनि लाग्दैन। साथै, शरीरलाई गर्मी पनि गर्दैन।
५. व्यायाम गर्ने बानी छैन भने बिहान–बेलुका फटाफट हिँड्ने गर्नाले गर्मीमा ज्यादै राम्रो गर्छ। यसो गर्दा शरीरमा अक्सिजनको मात्रा बढ्छ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु